सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल राष्ट्र बैँककी डेपुटी गर्भनर डा. नीलम ढुङ्गाना तिम्सिना उपराष्ट्रपतिद्धारा सम्मानित

काठमाडौँ, ७ कात्तिक । नेपाल राष्ट्र बैँककी डेपुटी गर्भनर डा नीलम ढुङ्गाना तिम्सिनालाई सम्मान गरिएको छ । फोकस नेपाल संस्था शुभ दिपावलीको अवसरमा शनिबार आयोजना गरेको ‘वृहद सांस्कृतिक कार्यक्रम तथा सम्मान’ कार्यक्रममा उहाँलाई सम्मान गरिएको हो ।

डेपुटी गर्भनर ढुङ्गानाले विगत लामो समयदेखि वरिष्ठ आर्थिक व्यवस्थापक तथा विभिन्न आर्थिक क्षेत्र अन्तर्गत नेपाल राष्ट्र बैँकको प्रथम डेपुटी गर्भनरजस्तो महत्वपूर्ण र ऐतिहासिक जिम्मेवारीमार्फत राष्ट्र र समाजलाई योगदान पु¥याउनुभएकाले सम्मान गरिएको हो ।

उहाँलाई उपपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ, नेपाली सेनाका पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीलगायतले सम्मान गर्नुभएको हो ।

डेपुटी गर्भनर ढुङ्गानाले नेपाल राष्ट्र बैँकको विभिन्न विभागको नेतृत्व गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न बैँकिङ, आर्थिक, सेवामुलक तथा सामाजिक संघ संस्थामार्फत राष्ट्र विकास, बैकिङ क्षेत्रको विकास र सामाजिक सेवामा पु¥याउनुभएको योगदान चीरकालसम्म प्रशंशनीय र अतुलनीय रहेको बताइएको छ ।

फोकस नेपालको अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा सम्माननिय उपराष्ट्रपति नन्दबहादुर पुन,स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय भवानी प्रसाद खापुङ्, पुर्व सेनापति राजेन्द्र छेत्री,लगाएत विशिष्ट ब्यक्तिहरुको उपस्थित थियो ।

कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई बिशेष सम्मान सहित संस्कृति झल्कले पञ्चेबाजा सङ्गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »