सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाद्वारा कार्यक्रम अभिमुखीकरण


प्रहलाद विश्वकर्मा
नेपालगंज, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाद्वारा कोभिड–१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रमको अभिमुखीकरण नेपालगंजमा सम्पन्न भएको छ ।


नेपाल रेडक्रस सोसाइटी बाँके र जि.आइ.जेड नेपालको साझेदारीमा तथा नेपालगंज उपमहानगरपालिकाको समन्वयमा नेपालगंज उपमहानगरपालिका क्षेत्रको ५ वटा विद्यालयमा कार्यक्रम संचालन भइरहेको छ ।

साथै भेरी अस्पतालमा आउने सेवाग्राही र आइसोलेशनमा भर्ना हुन आएका कोभिड–१९ संक्रमित व्यक्तिहरुलाई समेत सहयोग पुर्याउने अभिप्रयाले विगतका दिन देखि संचालन भईरहेको सहायता केन्द्रलाई निरन्तर संचालन गरिने भएको छ ।


नेपालगंज उपमहानगरपालिका अन्तर्गतको सरस्वती मा.वि., सरस्वती प्रा.वि., मंगलप्रसाद मा.वि., बागेश्वरी आधारभूत विद्यालय र धम्बोझी मा.वि.मा स्वास्थ्य तथा सरसफाई प्रवद्र्धन र कोभिड–१९ रोकथाम प्रचार प्रसार सम्बन्धी कार्यक्रम संचालन हुनेछ ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा विकास समन्वय इकाइ रामसुरेश यादव, नेपालगंज उपमहानगरपालिका शिक्षा, स्वास्थ्य, र सरसफाई शाखा प्रमुख क्रमश गोर्खबहादुर थापा, रामबहादुर चन्द, प्रकाश डिसी. तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्र.अ., भेरी अस्पताल इमेरजेन्सी विभागका प्रतिनिधि, जिआईजेडका सुवास नेपाल लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको बारेमा नेरेसो बाँके शाखाका बरिष्ठ शाखा अधिकृत दोलखबहादुर डाँगीले प्रस्तुतीकरण गर्नु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »