सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको ५३औं स्थापना दिवस मनाइयो

प्रहलाद विश्वकर्मा

नेपालगंज , नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको ५३औं शाखा स्थापना दिवस बुधवार नेपालगंजमा मनाइएको छ ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखा २०२४ असार ३ गते स्थापना भएको हो । स्थापना काल देखि नै विभिन्न मानवीय सेवाका गतिविधि संचालन गर्दे गरेको कुरा नेरेसोका केन्द्रीय सदस्य अजीतकुमार शर्माले बताउदै शाखाको प्रंशसा गर्नु भयो ।

कोरोना भाइरसको महामारीको वर्तमान सन्र्दभमा नेपाल रेडक्रस सोसाइटीले उल्लेखनीय कार्य गरेको कुरा अधिकाँश व्यक्तहरुले चर्चा गर्नु भयो ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेरेसोका केन्द्रीय सदस्य सनत कार्की, जिल्ला शाखा र उपशाखा कार्यसमितिका पदाधिकारी, सदस्य, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »