सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेयमारलाई दुई खेलमा प्रतिबन्ध

एजेन्सी । ब्राजिलियन स्टार स्ट्राइकर नेयमारलाई फ्रेन्च लिग वानमा दुई खेलमा प्रतिबन्ध लगाइएको छ ।

मार्सिलेसँगको खेलमा १-० गोलको हार व्यहोर्दा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका नेयरमालाई आयोजकले दुई खेलमा प्रतिबन्ध लगाएको हो ।

मार्सिलेविरुद्धको खेलमा नेयमारले विपक्षी टोलीका खेलाडी अल्भारो गोन्जालेजको टाउकोमा पछाडिबाट हानेपछि उनलाई रेफ्रीले भीआरको सहायतामा रातो कार्ड दिएका थिए ।

मैदान बाहिरिँदा नेयमारले अल्भारोबाट जातीय दुर्व्यवहारको सिकार भए भएको आरोप लगाएका थिए । तर, अल्भारोले उक्त आरोप अस्वीकार गरेका छन् ।

लिगको अनुशासनात्मक न्यायाधिकरणले बुधबार रिपोर्ट सार्वजनिक गर्दै नेयमारलाई दुई खेलको प्रतिबन्ध सुनाएको छ ।

लेभिन कुर्जावालाई ६ खेलको प्रतिबन्ध लगाएको छ । त्यस्तै लिआन्ड्रो परेडेसलाई पनि दुई खेलको प्रतिबन्ध लगाएको छ । डारियो बेनेडेटोलाई एक खेलमा निलम्बन गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »