सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेवा: हरुको सांस्कृतिक पर्वमाथि हस्तक्षेप गरे उपत्यकामा आगो बल्छ : सुमन सायमी

काठमाडौं।कोरोना भाईरस कोभिड् १९ को कारण देखाउदै उपत्यकाका नेवार समुदायले मनाउदै आईरहेको बिभिन्न जात्रा र पर्वहरु रोक्नेगरी सरकारी संयन्त्र बाट निर्णय गरीएपछि उपत्यकाका नेवा: अभियन्ता हरु आक्रोशित भएका छन्।

सांस्कृतिक जात्रापर्व र परम्परासम्बन्धी कुनै पनि निर्णय गर्ने अधिकार सम्बन्धित सरोकारवाला गुठियारहरूको हुने गरेको छ र हुनुपर्छ  तर बेवस्ता गर्दै जात्रा रोक्ने निर्णयगर्दा बैठकमा समेत नबोलाउनुले बदनियतपुर्ण तरीकाले  यो  जात्रा रोक्न खोजिएको उनिहरुको  आरोप  छ  ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा आइतबार बसेको बैठकले कोरोना महामारीको कारण देखाउँदै बिस्काः जात्रा रोक्ने निर्णय गरेको थियो। जात्रासँग सम्बन्धित गुठियार र स्थानीयहरूले उक्त निर्णयको विरोध गर्दै आएका छन्। उनीहरूले धिमे र भुस्या बजाउँदै सोमबार विरोध प्रदर्शन गरेका थिए।

प्रहरी, सशस्त्र प्रहरी, महानगरीय प्रहरी, सेना र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीसमेतको उक्त बैठकमा बिस्काः जात्रासँग सम्बन्धित गुठियार भने एक जना पनि थिएनन्।

यसरी नियोजित तरीकाले उपत्यकाका नेवा: समुदायमाथि गरीएको सांस्कृतिक आक्रमण प्रति आफ्नो ध्यानाकर्षण भएको उपत्यका सरोकार मन्चका अध्यक्ष तथा नेवा: अभियन्ता सुमन सायमी ले बताएका छन्  ।

बिभिन्न  राजनैतीक दलले हजारौं को संख्यामा  मानिस सडकमा  उतारेर भाषण सुनाउँदा कोरोना नसर्ने तर नेवा: समुदायले जात्रा  गर्दा चैँ कोरोना  सर्ने भनेपछि हामिलाई सहिनसक्नु  भएकै  हो  उनको  भनाईछ  ।

उपत्यकाबासी ले  आज सम्म सरकारले गरेका  सबै निर्णयहरुको  पालना गर्दै आएको भएरनै यसरी हेपाहा प्रबृति मा यो  निर्णय भएको  उनको  तर्क छ  ।

दैनिक रुपमा  हजारौँको  संख्यामा भिडभाड हुने  बजारहरु को समेत सहि ब्यबस्थापन गर्न  नसक्ने  निरिह  सरकारले नेवा: समुदायको  साँस्कृतिक  पर्वमाथि  हस्तक्षेप गर्न  खोज्नुले आफुहरु गंभिर भएर सोच्न  बाध्य भएको  सायमी बताउछन्।

काठमाडौंका  नेवारहरुले  आजसम्म  जति ज्यादती सहेका छन् त्यसको अब  हिसाबकिताब हुने  भन्दै यसरी सरकारले  आफुखुसि पेल्दै गए उपत्यकामा आगो बल्ने समेत उनले संकेत गरेका छन्।

गाउँबाट हातिछाप चप्पल लगाएर काठमाडौंपनि भन्न नजानेर नेपाल या  शहर जाने भन्दै यहाँ आएका  आन्तरीक आप्रबासी हरुले  आफ्नै भुमिमाथि कुल्चेर  आफैलाई लात्तिले  हान्दापनि  नबिउझिएका उपत्यकाबासी लाई सरकार आफैले  जिस्काएर एउटा आन्दोलन  को  माहोल  बनाईदिन  लागेको उनले  बताए  ।

गैर न्यायीक सडक बिस्तार ,फास्टट्र्याक, बाहिरी चक्रपथ, स्मार्ट सिटी लागायतका  परीयोजनाहरु उपत्यका भित्रै ल्याएर राख्दा बिस्थापन को  समस्या झेलिरहेका नेवा: समुदाय लाई अब  सम्पदा  र  संस्कृतिमाथि आक्रमण गरेर नेवा: समुदायको  पहिचाहन मेटाउन खोजेको उन  को आरोप  छ  ।

आफ्नै नेवा: समुदाय माथि यतिका  दमन  भई रहँदापनि  सिमित स्वार्थकालागि वा  सत्ताकालागी  त्यहिँ टाँसिएर बस्ने नेवार संग पनि  सायमी एकदमै रुष्ट भएका छन्  ।

 अब बिद्रोह को बिकल्प छैन भन्दै सायमि यसो भन्छन् ”  जुन दिन उपत्यकाबासीले  यिसबै कर्तुत हरु बुझ्नेछन् त्यो दिन  उपत्यकामा बिद्रोहको  आगो बल्नेछ त्यसले अहिले सम्म यिनिहरुले गरेका  ज्यादतिको हिसाब किताब मात्र गर्ने  छैन  संपुर्ण उपत्यकाबासीले स्वतन्त्रताको  आभाष गर्न सक्ने  सत्ता समेत निर्माण गर्ने  छ  ।”

भर्खरै

सम्बन्धित खबर

Language »