सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेवि संघद्वारा बृहद रक्तदान


प्रहलाद विश्वकर्मा
नेपालगंज , विश्व महामारी कोभिड–१९ का क्रममा बाँके जिल्लामा रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटीले रक्तदान कार्यक्रम आयोजना गर्न सरोकारवालालाई अनुरोध गर्दै आएको छ ।


कोरोना भाइरसका कारण रक्तदान गर्ने स्वयंसेवी र संस्थागत रक्तदाताको संख्यामा कमी आएको नेरेसो रक्तसंचार सेवा केन्द्रले जनाएको छ ।

उक्त आवश्यकतालाई पूर्ति गर्न नेपाल विद्यार्थी संघ बाँकेले शनिवार बृहद रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
उक्त संघको ५१औं स्थापना दिवसका अवसरमा नेवि संघका युवाहरूले मानव जीवन रक्षाका लागि नेपालगंज र कोहलपुरमा रक्तदान गरेका हुन ।

नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्र नेपालगंज र रक्तसंचार सेवा इकाई कोहलपुरमा आयोजित कार्यक्रममा १३६ जनाले रक्तदान गरेको कुरा रक्तसंचार सेवाले जनाएको छ ।
नेपालगंज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरले रक्तदान जस्तो महान कार्यमा सरिक हुने सबैलाई आभार व्यक्त गर्दै रेडक्रसले यस पुण्य कार्यमा युवाहरुसंग संधै सहकार्य गर्दै आएकोमा धन्यवाद व्यक्त गर्नु भयो ।
लकडाउनका क्रममा रगतको अभाव हुननदिन हरेक स्वस्थ्य व्यक्तिले रक्तदान गर्न नेपाल रेडक्रस सोसाइटीले अपील गरेको छ ।

रेडक्रस बाँकेका सभापति गोवर्धन सिंह सम्झनाले रगतको मांगलाई पुरा गर्न हामीहरूले हरसम्भव प्रयास गरिरहेको बताउनु भयो ।


नेपाल विद्यार्थी संघ बाँकेका अध्यक्ष पूर्ण आचार्यको नेतृत्वमा भएको बृहद रक्तदान कार्यक्रममा नेवि संघका सदस्य, समाजसेवी, व्यापारी लगायतले रक्तदान गरेको बताइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »