सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेसन्स लिग : क्रोयशिया विरुद्ध पोर्चुगलको शानदार जित, फ्रान्स पनि विजयी

युरोपियन नेशन्श लिग खेलमा साविक विजेता पोर्चुगलले पहिलो खेलमै क्रोयशिया माथी ४-१ को शानदार जित निकालेको छ । प्रशिक्षण दौरान घुँडामा चोट लागेका कारण कप्तान कृस्टियानो रोनाल्डो पोर्चुगलको टोलीमा सामेल थिएनन् ।
 खेलको ४१ औं मिनेटमा पोर्चुगलका क्यानसेलोले पहिलो गोल गरेका थिए । त्यसपछि पोर्चुगलका लागि बाँकी गोलहरु दोस्रो हाफको ५८ औं मिनेटमा जोर्टाले, ७० औं मिनेटमा फेलिक्सले र ९४ औं मिनेटमा आन्द्रे सिल्भाले गोल गरे भने क्रोयसियाका लागि ब्रुनो पेकोभिकले खेलको इन्जुरी समयमा सान्त्वना गोल फर्काए । 
सोही समूहमा रहेको फ्रान्सले गएराति नै भएको खेलमा स्वीडेनलाई १-० ले पराजित गरेको छ ।फ्रान्सको जितमा युवा फरवार्ड केलियन एमबाप्पले गरेको एक गोल नै निर्णायक बन्यो । उनले खेलेको ४१ औं मिनेटमा तीन जना डिफेन्डरलाई छक्काएर गोल गरे ।खेलको अन्तिम समयमा फ्रान्सले पेनाल्टी पाए । एन्टोनी ग्रिजम्यानले प्रहार गरेको पेनाल्टी आउट भएको हुँदा फ्रान्सले अग्रता दोब्बर बनाउने मौका गुमायो । फ्रान्सका एन्थोनी मार्टियललाई स्विडेनका भिक्टर लिन्डेलोफले फल गरेपछि  फ्रान्सले पेनाल्टी पाएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »