सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

“नेसी नेसी” गीतबाट डेब्यु गरेकी अमिर दोङकाे जोडी रिता लामा, के अभिनय क्षेत्रमा टिक्लान् त ?

काठमाण्डौँ । तामाङ गीत संगीतको बजारमा अहिले “नेसी नेसी” बोलको नयाँ प्रेमगीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । नेपाल तामाङ कलाकार संघका अध्यक्ष तथा “नेसी नेसी” म्युजिक भिडियोको पत्रकार सम्मेलनका प्रमुख अतिथि सन्जिव वाइवाले सो गीतको भिडियो सार्वजनिक गर्दै भने, “बिकसित रुपमा म्युजिक भिडियोहरु तामाङ समुदायमा एक पछि अर्को आइरहँदा बिकृति पनि थपिएको हो कि ? भन्ने प्रश्न उठिरहेको छ । सिंगो तामाङ समुदायको संस्कृतिको धरोहरका रुपमा तामाङ कलाकारहरुलाई चिन्ने गरिन्छ तर तामाङ संस्कृति माथि नै आँच पुग्ने खालका म्युजिक भिडियोहरुलाई प्रोत्साहन दिंदा हाम्रो कलाकारिता माथि नै प्रश्न उठ्न सक्छ । हामीले त्यता पनि ध्यान दिने हो कि ? अहिले चौतर्फी रुपमा अरुको नक्कल र उच्छृङ्खल शब्दको प्रयोग गरी तामाङ सँस्कृति र मौलिक सेलोको महत्वलाई नै प्रहार गरी ल्याएको म्युजिक भिडियोहरुका कारणले कतै गीत संगीत क्षेत्र बदनाम हुँदै गएको त छैन ?”

अहिले तामाङ सेलोको बजारले बाटो बिराएको हो कि भन्ने धेरैको गुनासो रहेका छन् । विशेषत तामाङ समुदायको संस्कृति र पहिचान बोकेका सेलो र फापरे गीत संगीतमा अहिले मौलिक भन्दा पनि व्यवसायिकका नाममा विकृति मौलाइरहेका छन् ।

“नेसी नेसी” बोलको गीतमा शब्द जि.बि. तामाङको रहेको छ भने संगीत विशाल काल्तानको रहेको छ । दिपेश प्रधानको संगीत संयोजन र मिक्सिङ रहेको सो गीतमा विशाल काल्तान र जितु लोप्चनले सुमधुर स्वर दिएका छन् ।

तामाङ समुदायका महानायक अमिर दोङको अफिसियल युट्युबबाट सार्वजनिक गरेको “नेसी नेसी” गीतमा दोङ्ले नै भिडियो निर्देशन गरेका हुन् भने गीतमा उनकै अभिनय देख्न सकिन्छ र नव नायिका रिता लामाले उनलाई अभिनयमा साथ दिएकी छिन् । भिडियोमा हेरुका लामाको नृत्य निर्देशन र सुर्य लामाको छायांकन रहेको छ । भिडियोलाई नायक स्वयंले सम्पाद्न गरेका हुन् ।

माया प्रेमको भावले ओतप्रोत प्रस्तुत गीत “नेसी नेसी” मा जि.बि. तामाङको सुन्दर शब्द रचना रहेको छ । गीतमा विशाल काल्तानको संगीत उतिकै राम्रो छ भने गायिका जितु लोप्चन र गायक काल्तानले स्वरको जादू चलाएका छन् । समग्रमा अडियो राम्रो भएपनि तामाङ समुदायमा चलिरहेका चल्तीका प्रेमगीतहरु भन्दा यस गीत पृथक हुन सकेको छैन ।

भिडियोको कुरा गर्नुपर्दा महानायक अमिर दोङ्को अभिनय उही पुरानै शैलीको छ । यसको कारण उनी आफैको निर्देशन भएर हो या नृत्य निर्देशक हेरु लामाको फितलो कोरियोग्राफीले गर्दा हो त्यो महानायक दोङलाई नै थाहा होला । अहिलेको बजारमा चलिरहेका गीतका भिडियोहरुमा हामीले राम्रो अभिनयका साथै नृत्य देख्न सक्छौं । हुन त धेरै गीतहरुमा हामीले महानायक दोङको उत्कृष्ट अभिनय र नृत्य पनि देखेका छौं । यसकारण पनि महानायकबाट हामीले अपेक्षा गर्नु स्वभाविक नै हो । नव नायिका रिता लामाको अभिनय औषत छ । अभिनयका क्षेत्रमा अन्य नयाँ तथा पुराना एकसे प्रतिभा भएका नायिकाहरुको भिडमा उनलाई प्रतिस्पर्धा गर्न चाहिँ हम्मेहम्मे नै छ । जेहोस्, उनको आगामी अभिनय यात्रा सुखद रहोस् ।

भिडियो हेर्नुहोस् ;

भर्खरै

सम्बन्धित खबर

Language »