सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पछिल्लो २४ घण्टामा उपत्यकामा १ जना मात्रै कोरोना संक्रमित थपिए

काठमाडौं / ०१ साउन।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एकजनामात्रै कोरोना संक्रमित थपिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरीएको परीक्षणमा काठमाडौंका १ जनामा मात्रै कोरोना संक्रमण देखिएको हो।

यसअघि बुधबारसम्म काठमाडौंमा २४४ जना, ललितपुरमा ७५ जना र भक्तपुरमा ४५ जनामा कोरोना संक्रमण देखिएको थियो।

नेपालमा पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना पुष्टि भएको छ। मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार हाल नेपालमा संक्रिय संक्रमितको संख्या ६ हजार ५६ रहेको छ भने जम्मा संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »