सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पछिल्लो २४ घण्टामा विश्वमा ४ हजार १६१ संक्रमितको मृत्यु, १ लाख २६ हजार ९१ मा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ४ हजार १६१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सबैभन्दा धेरै ब्राजिलमा ९१० को ज्यान गएको छ ।सोही अवधीमा अमेरिकामा ७०६, मेक्सिकोमा ६२५, भारतमा २९७, बेलायतमा २०४ कोरोना संक्रमितको पछिल्लो २४ घण्टामा कोरोनाले मृत्यु भएको छ ।

सोही अवधीमा विश्वमा १ लाख २६ हजार ९१ कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा धेरै ब्राजिलमा २७ हजार ५८१ संक्रमित थपिएका छन् भने अमेरिकामा २४ घण्टामा २२ हजार ७५३ संक्रमित थपिएका छन् ।

भारतमा १० हजार ४३८ तथा रुसमा ८ हजार ८५५ कोरोना संक्रमित पछिल्लो २४ घण्टामा थपिएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »