सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पछिल्लो २४ घन्टामा २५० नँया संक्रमित थपिए,संक्रमितको संख्या ४६ सय नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा २५० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार विभिन्न जिल्लामा २५० कोरोना संक्रमित थपिएका हुन् । यो सँगै बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४६ सय १४ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १ सय ८७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या हालसम्म ८ सय ६१ पुगेको छ भने १५ जनाले ज्यान गुमाएका छन्।

सरकारले पछिल्लो समय पिसिआर प्रविधिबाट दैनिक झन्डै ४ हजार ५ सयका दरले परीक्षण गरिरहेको छ। अहिलेसम्म १ लाख १५ हजार ९ सय ३० जनाको पिसिआरबाट परीक्षण गरिएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »