सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पत्रकारमाथि वडा अध्यक्षको धम्की विरुद्ध प्रेस सेन्टरको चेतावनी (विज्ञप्तीसहित)

राजकुमार चमार,रुपन्देही /१८ असार

स्थानीय विकास निर्माणमा वडा कार्यालयको सक्रियताका विषयमा लेखिएको समाचारमा चित्त नबुझेको भन्दै शुद्धोधन गाउँपालिका लवनी, कपिलवस्तुको वडा नम्बर ३ का अध्यक्ष महिबुद्दिन मुसलमानले पत्रकारहरुमाथि ‘ठिक पार्ने’ भन्दै धम्की दिएका छन ।

फिल्ड रिपोर्टिङको क्रममा वडा सदस्यहरुले अध्यक्ष मनोगत रुपले अघि बढेको भन्दै गरेको कुराकानी उल्लेख गर्दै ‘शद्धोधन ३ का वडा अध्यक्षको दादागिरिः बहुमतको बलमा वडा सदस्यलाई धम्की ! सदस्यहरु न्याय माग्दै मिडियासँग यस्तो भन्छन् !’ शिर्षकको समाचारको विषयलाई लिएर पत्रकारलाई उनले धम्की दिएका हुन ।

प्रेस सेन्टर नेपाल रुपन्देही जिल्ला सदस्य समेत रहेका प्रभुनाथ गुप्ता र पत्रकार अजय पाठकमाथि वडा अध्यक्षले समाचार लेखेकै कारण धम्की दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्धको हर्कत भएको ठहर गर्दै संगठनले राज्यलाई प्रेस स्वतन्त्रता विरोधी गतिविधीमा सजग बन्न तथा वडा अध्यक्षलाई धम्की फिर्ता लिन आग्रह गरेको छ ।

आज प्रेस सेन्टर नेपाल रुपन्देहीले उक्त घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै राज्यलाई भयरहित पत्रकारीताको वातावरण निर्माण गर्न र संविधान पद्दत प्रेस स्वतन्त्रतामाथिका आक्रमणहरु रोक्न समेत माग गरेको छ ।

विज्ञप्तीमा प्रेस सेन्टर नेपाल रुपन्देहीका अध्यक्ष सुरेश राज पाण्येंय र सचिव राजकुमार चमारको संयुक्त हस्ताक्षर रहेको छ । उक्त विज्ञप्तीमा प्रेस सेन्टर नेपाल आम श्रमजीवी तथा जनपक्षीय पत्रकारहरुको पेशागत अधिकारको पक्षमा निरन्तर संघर्षरत रहेको उल्लेख गरिएको छ ।

प्रेस सेन्टर नेपालले पत्रकार धम्की विरुद्ध विज्ञप्ती मार्फत चेतावनी दिएपछि वडा अध्यक्ष मुसलमानले संगठनका रुपन्देही अध्यक्ष पाण्डेंयलाई भेट्ने कुरा गरेको र भेटघाटको क्रममा समाचारको विषयलाई लिएर पत्रकारहरुमाथि धम्की नदिने तथा समाचार श्रोत तथा सदस्यहरुसँग त्यो विषयमा बैठकमा सोध्ने भन्दै आफ्नो गल्ती स्विकार गरेका छन ।

संगठनका रुपन्देही अध्यक्ष पाण्डेंले कुनैपनि पत्रकारलाई राज्य वा अन्य कुनैपनि निकायले गर्ने दुव्र्यवहार, धम्की, त्रास र यातनाका विरुद्ध प्रेस सेन्टर नेपाल कुनैपनि हदसम्म बोल्ने र स्वतन्त्र पत्रकारीताको संविधान पद्दत अधिकारको पक्षमा निरन्तर संघर्ष गर्ने बताएका छन । जारी गरिएको विज्ञप्तीको पूर्णपाठ यस्तो छ…..

प्रेस विज्ञप्ती

भर्खरै

सम्बन्धित खबर

Language »