सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पत्रकारलाई मास्क र सेनिटाईजर सहयोग

नेपालगञ्ज, नेपालगञ्ज उप–महानगरपालिकाले बिश्वव्यापी स्वास्थ्य समस्याको रुपमा देखिएको कोरोना भाईरस(कोभिड–१९)को जोखिमका बीचमा कार्यक्षेत्रमा खटिएका पत्रकारहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

बिहिवार नेपालगञ्ज उपमहानगरपालिका कार्यालयमा नगरप्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रबक्ता प्रमोद रिजाल तथा प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले पत्रकारहरुलाई मास्क र सेनिटाईजर हस्तान्तरण गर्नुभयो ।

६५ जना पत्रकारहरुलाई प्रतिब्यक्ति ५० थान सर्जिकल मास्क र दुई थान सेनिटाईजर सहयोग गरिएको हो । यसैगरी पत्रकारहरुलाई एनसेलको सिमकार्ड समेत उपलब्ध गराइएको छ ।

नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख मगरले जोखिमको बीचमा काम गरिरहेका नगरक्षेत्रका क्रियाशिल पत्रकारहरुलाई स्वास्थ्य जोखिम न्यूनीकरणका लागि सामग्री सहयोग गरिएको बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »