सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पत्रकार गाेविन्द शर्माकाे प्रथम स्मृति दिवस

काठमाडाैँ । प्रेस संगठन काठमाडौँको आयोजनामा पत्रकार गोविन्द शर्मा घिमिरेको स्मृति दिवस मनाएको छ ।

पत्रकार महासंंघ काठमाडौँ शाखा भृकुटीमण्डपमा प्रेस संगठन काठमाडौँको संयोजक सागर पन्तको सभापतित्वमा र प्रेस संगठन केन्द्रिय संयोजक महेश्वर दाहालको प्रमुख आतिथित्यतामा पत्रकार गोविन्द शर्मा घिमिरेको प्रथम स्मृति दिवस सम्पन्न भएको थियाे ।

पत्रकारिताको माध्यमबाट कृषि क्षेत्रलाई उठान गर्न निरन्तर लागि रहेका पत्रकार शर्मा कृषि टेलिभिजनको संचालक पनि रहेका थिए । उहाँको २०७६ साल जेठ १९ गते आजकै दिनमा मोटरसाइकल दुर्घटनामा परि निदन भएको थियो ।

कार्यक्रममा पत्रकार महासंघ काठमाडौँ शाखाका अध्यक्ष शान्तराम भिडारीले उहाँको नाममा स्मृति पुरस्कार स्थापना गर्ने कोशिस गर्ने जानकारी दिनुभएको छ ।

प्रेस सङ्गठनका केन्द्रीय संयोजक महेश्वर दाहालले शर्मा एक व्यावसायिक पत्रकार र युवा सङ्गठक समेत रहेको बताए । सङ्गठनका केन्द्रीय सह-संयोजक गणेश बस्नेतले विधागत पत्रकारिता क्षेत्रमा शर्माले देखाएको सक्रियतालाई स्मरण गरी आफूलाई सक्रिय बनाउनुपर्नेमा जोड दिए ।

सङ्गठनका नेता बलराम थापाले शर्मामा नेतृत्व, गतिशीलता र कुशल सञ्चारकर्मीको क्षमता रहेपनि अल्पायूमै गुमाउनु परेकामा दुःख व्यक्त गरे । सङ्गठनका बागमती प्रदेश इञ्चार्ज विश्वमणि सुवेदी, उपत्यका प्रदेश इञ्चार्ज सुरोजङ्ग पाण्डे, उपत्यका सहसंयोजक प्रकाश सिलवाल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, पत्रकार भावना विद्रोहीलगायतले शर्माप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

तत्कालीन प्रेस सेन्टर नेपाल, काठमाडौँका अध्यक्ष शर्मा कृषि टेलिभिजनका संस्थापक र नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना) का अध्यक्षसमेत थिए । २०४१ वैशाख १० गते ललितपुरको गोदावरीमा जन्मिएका उनि लोकदोहोरी कलाकारसमेत थिए ।

भिडियाे हेर्नु हाेला ।

भर्खरै

सम्बन्धित खबर

Language »