सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पत्रकार निकालेकामा काठमाडौ शाखाको चिन्ता

काठमाडौँ। नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखालाई हेभी इक्विपमेन्ट व्यवासायी महासङ्घले २५ बोरा चामल आज सहयोग गरेको छ । कोभिड–१९ मा शाखाअन्तर्गतका पत्रकारलाई राहतस्वरुप सहयोग गर्ने उद्देश्यले चामल उपलब्ध गराइएको छ । आयोजित कार्यक्रममा महासङ्घका अध्यक्ष ताराबहादुर कुँवरले शाखाका अध्यक्ष शन्तराम विडारीलाई हस्तान्तरण गर्नुुभयो ।

सो अवसरमा अध्यक्ष विडारीले कोरोनाको जोखिममा पनि अग्रस्थानमा सक्रिय पत्रकारलाई विभिन्न सञ्चार–गृहका मालिकले तलब नदिने, सेवाबाट निकाल्न थालेकामा चिन्ता व्यक्त गर्दै उनीहरुको सामाजिक सुरक्षाको व्यवस्था गर्न माग गर्नुुभयो । देशभर कोरोना संक्रमणबाट आइसोलेशनमा बसेका पत्रकारको उपचारमा सुविधा दिनुपर्नेमा जोड दिँदै अध्यक्ष विडारीले सरकारले ससना लगानीमा सञ्चालित सञ्चारमाध्यमलाई सहुलियत कर्जा उपलब्ध गराउनुुपर्ने बताउनुुभयो ।

महासङ्घका अध्यक्ष कुँवरले विपतको समयमा सञ्चारकर्मीलाई सहयोग गर्न पाएकामा खुसी व्यक्त गर्दै अहिले आफ्नो संस्थाले समाजका विभिन्न तहमा करीब सात लाखको राहत वितरण गरेको जानकारी दिनुुभयो ।

उक्त शाखाले करीब २५० पत्रकारका कोरानासम्बन्धी स्वास्थ्य वीमा गरिसेको छ भने ३०० पत्रकारलाई प्रतिबोरा चामल, दाललगायत खाद्य सामग्री सहयोग गरेको छ । त्यस्तै सुरक्षात्मक सामग्रीहरु माक्स, पन्जा, ह्याण्ड सानिटाइजरको प्रवन्ध, पिपिइ तथा प्रेस ज्याकेटको व्यवस्थापन, आफ्ना सदस्यहरुको शरिरको तापक्रम नापीरहने प्रवन्ध गरेको जनाइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »