सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पत्रकार विमल चन्दले गरे पत्रिका वितरकलाई खाद्यान्न सहयोग

नेपालगञ्ज, नेपालगञ्जका पत्रकार विमल चन्दले लकडाउनका कारण समस्यामा परेका पत्रिका वितरकहरुलाई खाद्यान्न सहयोग गर्नुभएको छ ।

चन्दले लोकप्रिय सन्देश दैनिकले पत्रिकार वितरकहरुको सहयोगका लागि सञ्चालन गरिरहेको अभिायन मार्फत दुईजना पत्रिका वितरकलाई शुक्रबार सहयोग गर्नुभएको हो ।

१० किलो चामल, दुईकिलो आलु, एक किलो नुन, एक लिटर तेल, एक किलो दाल र एउटा सावुन सहयोग गरिएको लोकप्रिय सन्देशका प्रबन्धक दिनेश ठाकुरले जानकारी दिनुभयो ।

समस्यामा परेको अवस्थामा आवश्यक सहयोग गरेको भन्दै पत्रिका वितरकहरुले लोकप्रिय सन्देश दैनिक र सहयोगदाता चन्दप्रति आभार प्रकट गरेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »