सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पत्रकार सम्मेलनमा प्रहरी हस्तक्षेप, पूर्व एआइजी श्रेष्ठ र जर्नेल वस्न्यात पक्राउ,

काठमाडाैँ । लकडाउनकाे समयमा भारतीय संचार माध्यमहरूमा मानसराेवर जाने सडक मार्ग नेपालकाे भुमि हुँदै लगेकाे भन्ने समाचार बाहिरीएकाे थियाे । केहि व्यक्ति र संघसंस्थाहरूले भारतीय राजदुत अगाडी, मैतीदेवी मण्डलामा भारतीय विस्तारवाद विरूद्धकाे नारा लागएर अान्दाेलन गरेका थिए । यसै क्रममा महाराजगंज चक्रपथमा सामाजिक अभियान्त डा. ठाकुर माेहन श्रेष्ठ, डा. प्रेम सिंह वस्न्यात लगाएतले पत्रकार सम्मेलनकाे अायाेजना गरेकाे थियाे । उक्त पत्रकार सम्मेलनमा प्रहरीले हरूतक्षेप अभियान्त डा. ठाकुर माेहन श्रेष्ठ, डा. प्रेम सिंह वस्न्यातलाइ पक्राउ गरेकाे छ ।

हुन त परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएकोमा नेपाल सरकारले आपत्ति जनाएको छ । भारतको यस्तो कदमले नेपाललाई दुःखित तुल्याएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।

परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै नेपाली भूभागमा सडक बनाएकोमा आपत्ति जनाएको छ । सुगौली सन्धिअनुसार लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित काली (महाकाली) नदीको पूर्वक्षेत्र नेपाली भूभाग भएको प्रष्ट भएको र पछिल्लो पटक भारतले जारी गरेको नक्साका सम्बन्धमा पठाएको कूटनीतिक नोटमा समेत त्यसलाई उल्लेख गरिएको मन्त्रालयले बताएको छ । तर पनि सडकमा विराेधका कार्यक्रमहरू भैनै रहेकाे छ ।


अभियान्त डा ठाकुर माेहन श्रेष्ठ, डा. प्रेम सिंह वस्न्यातले पत्रकार सम्मेलनमा वितरणगरेकाे प्रेस विज्ञप्ति यस्ताे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »