सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पत्रपत्रिका विशेषः राजधानीमा चाेरीकाे नयाँ तरिका, यसरी पर्दाफास भयाे,

काठमाडाैँ । बौद्धस्थित फूलबारीका १० वर्षीय हाङ्जी लामा १७ साउनमा साथीसँग खेल्न सडकमा निस्किएका थिए। एक अपरिचित महिला उनको नजिक आइन्। ‘तिम्रो ममीलाई चिन्छु नि’ भन्दै उनकी आमाको नाम लिइन्।

उनले ‘जाऊँ आइसक्रिम खान, म किनिदिन्छु’ भन्दै हाङ्जीलाई सकडको छेउतिर लगिन्। सडकछेउमा पुगेपछि ‘हेर नानी ! कानमा गहना लाउन हुन्न नि, जोगीले लग्छ, फुकाल त ! म ममीलाई लगेर दिन्छु’ भन्दै हाङ्जीको कान सुमसुम्याइन्। उनको कानको मुन्द्रा खोलेर क्षणभरमै बेपत्ता भइन्।

जडीबुटीका नौ वर्षीया अनिसा तोलाङे ६ वर्षीया बहिनी दीपिकासँगै ११ साउन दिउँसो सडकमा खेल्दै थिइन्। सामुन्ने आएकी एक अपरिचित महिलाले ‘कति क्युट नानी, आऊ त । म चकलेट किनिदिन्छु’ भन्दै लोलोपोतो गरिन्। आमाको नाम लिएपछि अनिसा पनि बहिनी दीपिकासँगै चकलेट खान उनको पछि लागेको खबर आजको नयाँ पत्रिकामा टेकराज थामीले लेखेका छन।

मान्छे नभएको ठाउँमा पुगेपछि ‘कानको मुन्द्री खोला त, यो सानो भएछ, म ठूलो किनिदिन्छु’ भन्दै अनिसा र दीपिकाको कानको मुन्द्री खोलिन्। चकलेट खान पाउने लोभले दुवैजना चुपचाप बसे, तर मुन्द्रीसहित ती महिला अलपत्र भइन्।

११ साउनमा चार वर्षीय सियुक कार्की सुकेधारास्थित चौरमा साथीभाइसँगै खेल्दै थिए। ‘तिम्रो बाबाको नाम गोपाल कार्की होइन ? आउन म आइसक्रिम किनिदिन्छु’ भन्दै एक अपरिचित युवक सियुकनजिक पुगे। बाबाको नाम लिएपछि सियुक पनि ती युवकसँग नजिकिए । उनले सियुकलाई काखमा च्यापेर पसलमा लगे। आइसक्रिम पनि किनिदिए। गाला सुमसुम्याउँदै कानको मुन्द्रा झिकेर सियुकलाई त्यहीँ छाडी केहीबेरमै त्यहाँबाट हिँडे।

लकडाउन खुकुलो भएपछिको करिब महिना दिनयता अपराध अनुसन्धान महाशाखामा परेका जाहेरीका केही उदाहरण हुन् यी। जाहेरीमा उल्लेखित तीनै घटना फरकफरक स्थान र मितिका भए पनि पीडित एकै उमेर समूहका बालबालिका छन् र लुटपाटको ‘ट्रेन्ड’ पनि एउटै छ। विश्लेषणपछि प्रहरीले निष्कर्ष निकालेको छ– लुटपाटमा एकै व्यक्ति वा समूहको संलग्नता छ।

अनुसन्धानलाई सहज बनाउन महाशाखाले ६ साउनदेखि १ भदौसम्म काठमाडौंमा भएका लुटपाटसँग सम्बन्धित सबै घटनाका जाहेरी संकलन ग¥यो। विश्लेषण गर्दा महिना दिनभित्र सोही विधिबाट मात्रै लुटपाटका पाँच घटना भएको देखियो। त्यसमा पनि धेरै घटना बौद्ध आसपासका क्षेत्रमा भएका थिए। त्यसपछि महानगरीय प्रहरी वृत्त बौद्धले शंकास्पद स्थानमा गोप्य ढंगले ‘एम्बुस’ थाप्यो।

त्यही क्रममा ६ भदौ अपराह्न जोरपाटी मालबारीबाट ३२ वर्षीय संगीता क्षेत्रीलाई प्रहरीले पक्राउ ग¥यो। अनुसन्धानपछि खुल्यो, बालबालिकाको कानमा लगाइएका गहना लुट्ने घटनामा उनै संगीता संलग्न रहिछिन्। अपराध अनुसन्धान महाशाखाका अनुसार संगीताले केही वर्षयता त्यही विधिबाट उपत्यकामा मात्रै २२ स्थानमा लुटपाट गरेकी रहिछिन् ।

लुटपाटपछि सुनका गहना जम्मा गर्ने र सुनचाँदी पसलमा लगरे बेच्ने गरेको खुलेको महाशाखा प्रमुख एसएसपी दीपक थापाले बताए । ‘एउटै प्रकृतिका लुटपाटका जाहेरी आए । विश्लेषण ग¥यौँ । घटनामा पक्कै पनि एकै व्यक्ति वा समूह संलग्न हुन सक्ने निचोड निस्क्यो,’ एसएसपी थापाले नयाँ पत्रिकासँग भने, ‘धेरै घटना भएको बौद्ध आसपासको क्षेत्रमा स्थानीय प्रहरीलाई प्रयोग ग¥यौँ । अभियुक्त पक्राउ परेपछि २२ वटा घटनामा संलग्न भएको पाइयो ।’

प्रहरीका अनुसार संगीताविरुद्ध २२ वटा जाहेरी नै परेका छन् । सम्बन्धविच्छेद भएपछि उनी एक्लै बस्दै आएकी थिइन् । सुरुमा घरेलु काम गर्दै आएकी उनी केही वर्षदेखि लुटपाटमा संलग्न भएको पाइएको प्रहरीले जनाएको छ । लुटपाटका लागि सूचना संकलन गर्न घरेलु मजदुरका रूपमा घरघर जाने गरेको खुलेको एसएसपी थापाले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »