सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पत्रिका वितरकहरुलाई नेपाल शेर्पा संघका बरिष्ठ सल्लाहकार नुरी शेर्पाको सहयोग

नेपालगञ्ज, नेपाल शेर्पा संघका बरिष्ठ सल्लाहकार नुरी शेर्पाले लकडाउनका कारण समस्यामा परेका घरपरिवारका लागि सहयोग गर्नुभएको छ ।

लोकप्रिय सन्देश दैनिकले पत्रिका वितरकहरुको सहयोगका लागि संचालन गरिरहेको अभियानमार्फत मिङमार होटलका सञ्चालक तथा नेकपा वडा कमिटीका सदस्य समेत रहनुभएका शेर्पाले ५ घर परिवारका लागि सहयोग गर्नुभएको पत्रिकाका प्रबन्धक दिनेश ठाकुरले जानकारी दिनुभयो ।

प्रति परिवार १० किलो चामल, एक किलो दाल, एक एक किलो चिनी, एक लिटर खानेतेल र एक किलो नुन र एउटा साबुन सहयोग गरिएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »