सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पद गुमाएका चार मन्त्रीलाई पुनः सपथ

काठमाडौं । दल त्याग गर्दा सांसद पद गुमाएका माओवादी केन्द्रका चार नेताले शुक्रबार फेरि मन्त्री पदको शपथ लिएका छन् । शुक्रबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले सांसद पद गुमाएका चार मन्त्रीलाई फेरि शपथ ग्रहण गराएकी हुन् ।

शीतल निवासमा लेखराज भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति, टोपबहादुर रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाई, प्रभु साह सहरी विकास र गौरीशंकर चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको रुपमा शपथ लिएका हुन् । प्रधानमन्त्री ओलीले चारैजना नेतालाई मन्त्री पदमा पुनर्नियुक्ति दिएपछि राष्ट्रपतिले शपथ गराएकी हुन् ।

माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका कैलाली–४ का लेखराज भट्ट, अर्घाखाँचीका टोपबहादुर रायमाझी, रौतहट–३ का प्रभु साह र कैलाली–३ का गौरीशंकर चौधरीलाई प्रधानमन्त्री केपी ओलीले मन्त्री पदमा पुननियुक्तिको सिफारिस गरेपछि उनीहरुको शपथ भएको हो ।

नेकपा माओवादी केन्द्रले चारैजनालाई दलको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको हो । सोही सूचना सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको संसद् बैठकमा जानकारी गरापछि उनीहरुको सांसद पद खारेज भएको हो । सांसद पद गएसँगै उनीहरुको मन्‍त्री पदसमेत गुमेको हो ।

पदमुक्त भएका उनीहरुलाई प्रधानमन्त्री ओलीले पुनः नियुक्तिका लागि सिफारिस गरेका हुन् । सांसद नरहेको व्यक्ति ६ महिनासम्म मन्त्री बन्न सक्ने व्यवस्था संवैधानिकको धारा ७८ ले गरेको छ । सोही धारामा टेकेर प्रधानमन्त्री ओलीले चारैजना नेतालाई फेरि मन्त्री बनाएका हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »