सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पर्यटन वर्ष २०२० काे अवसरमा काठमाडौंमा अन्तरराष्ट्रिय मेयर सम्मेलन हुने

काठमाडौं । आउँदो बर्षको असोज २१ देखि २४ गतेसम्म काठमाडौंमा ४ दिने ‘अन्तरराष्ट्रिय मेयर सम्मेलन’ हुने भएको छ ।, आज काठमाडौंमा आयोजना गरिएको ‘अन्तरराष्ट्रिय मेयर सम्मेलन — २०२०’ को वेभसाइट शुभारम्भ तथा पत्रकार भेटघाट कार्यक्रममा सम्मेलनका बिषयमा जानकारी दिइएको हो । कार्यक्रममा महानगरका प्रमुख एवं उपत्यका नगरपालिका फोरमका अध्यक्ष बिद्यासुन्दर शाक्यले डब्लुडब्लुडब्लु डट आएमसि २०२० डट ओआरजि डट एनपि वेभसाइट सार्वजनिक गर्नुभएको थियो । अहिले नेपाली भाषामा सार्वजनिक गरिएको वेभ पेजलाई क्रमशः अंग्रेजीसँगै अन्य ७ भाषामा सञ्चालन गरिनेछ ।

यस साइटमा सम्मेलनका सूचना तथा जानकारीसँगै काठमाडौं उपत्यकाका १८ वटै नगरका विवरण राखिनेछन् । यस वेभपेजले द्विपक्षीय तथा बहुपक्षीय अन्तरसम्बादमा सहजीकरण गर्नेछ ।

त्यस क्रममा बोल्दै शाक्यले भन्नुभयो — ‘ऐतिहासिक सहर÷नगरहरुको दिगो रुपान्तरण’ बाट निर्देशित हुने सम्मेलन आयोजनाका ४ वटा मुख्य राखिएको छ । बिश्वका बिभिन्न देशका नगर प्रमुख, नीति निर्माता, र योजनाबिद्का बीचमा सहरहरुको दिगो रुपान्तरणका दिशामा प्राप्त उपलब्धी र अनुभवको आदान प्रदान हुनेछ । सहरीकरण सम्पदा संरक्षणसित प्रत्यक्ष सरोकार राख्ने पर्यावरणीय मुद्दामा समान धारणा बनाउने सम्मेलनको अर्को लक्ष्य हो । उहाँले थप्दै भन्नुभयो — सहरहरुका बीचमा सामाजिक, सांस्कृतिक तथा आर्थिक क्षेत्रमा सहयात्राका सम्भाव्यता पहिल्याउन द्विपक्षीय र बहुपक्षीय संवादको शुरुवात् हुनेछ भने समुदायको शशक्तिकरण तथा शुशासनको माध्यमबाट बिभिन्न क्षेत्र, जाति र बिचारमा बाँडिएका जनताबीच सामाजिक सद्भाव, आपसी सम्मान र बिश्वाश बढ्नेछ ।

सम्मेलन आयोजनालाई व्यवस्थित गर्न भक्तपुरको गठ्ठाघरमा फोरमको सचिवालय स्थापना गरिसकिएको जानकारी दिँदै कार्यक्रममा मध्यपुर थिमी नगरका प्रमुख एवं फोरमका सचिव मदनसुन्दर श्रेष्ठले — सम्मेलन आपसी ज्ञान र सीप अभिवृद्धि गर्ने कोणबाट लाभदायी हुने बताउनुभयो । सम्मेलनमा मेयर र बिज्ञाबाट कार्यपत्र प्रस्तुत गरिनुका साथै पाहुनाहरुलाई उपत्यकामा भएका बिश्व सम्पदा र अन्य चाखलाग्दा क्षेत्रको भ्रमण अबलोकन गराइनेछ । यसरी हुने भ्रमण अवलोकनबाट नेपाल र नेपालीको खास तथा सद्भावका बारेमा अन्तरराष्ट्रिय नगर र त्यहाँका नागरिकमा सूचना प्रवाह हुनेछ ।

सम्मेलनमा काठमाडौं उपत्यकाभित्रका नगर सरकारसँग भगिनी सम्बन्ध भएका अन्तरराष्ट्रिय सहर, सार्क तथा दक्षिण÷दक्षिण पूर्वी एशियाका राजधानीलगायत प्रमुख सहर, युनेस्को तथा बिश्व सम्पदा सहरहरुको संगठनमा आवद्ध सम्पदा सहरहरुका नगर प्रमुखहरुलाई आमन्त्रण गरिनेछ । त्यस्तै नीति निर्माता तथा योजनाबिद्हरुलाई निमन्त्रणा गरिने सम्मेलनले नेपाल भ्रमण बर्ष २०२० ले निर्दिष्ट गरेको लक्ष्यलाई टेवा पु¥याउने अपेक्षा गरिएको छ । बढ्दो सहरीकरण, सम्पदा संरक्षण, पर्यावरण तथा आर्थिक समृद्धि हासील गर्न नगरहरुले चालेका कदमहरु आपसमा आदान प्रदान हुने सम्मेलनबाट आयोजक नगरहरुलाई नयाँ गति प्राप्त हुने सम्मेलनको अर्को अपेक्षा हो ।

भर्खरै

सम्बन्धित खबर

Language »