सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पर्सामा अस्पतालबाट भाग्ने कोरोना संक्रमितलाई सुरक्षाकर्मीले गोली हान्न सक्ने

वीरगंज । पर्सामा कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीले गोली समेत हान्न समेत र्निणय भएको छ । जेठ १ गते संकट व्यवस्थापन केन्द्रको बैठकले सुरक्षाकर्मीहरूलाई अस्पतालबाट भाग्ने कोरोना संक्रमितलाई गोली हान्ने अधिकार दिएको सार्वजनिक गरेको पत्रमा उल्लेख रहेको छ ।

सो निर्णयको बारेमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले पुष्टि गरेक छन् । बुधबार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालको शौचालयबाट दुई जना संक्रमित भेन्टिलेसन फोडेर भागेका थिए ।

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितिले यो निर्णय गरेको हो । बैठकले स्थानीय प्रशासन ऐनअनुसार ३० वैशाखदेखि लागू गरिएको निषेधाज्ञालाई थप प्रभावकारी बनाउने पनि निर्णय गरेको छ ।

पर्सा प्रहरीले उनीहरूलाई सोही दिन पक्राउ गरेको थियो । उक्त घटनालाई मध्यनजर गर्दै संकट व्यवस्थापन केन्द्र पर्साले अस्पतालबाट भाग्न नदिन यस्तो निर्णय गरेको हो ।

जिल्लामा कोभिड–१९ का संक्रमणका शंकास्पद व्यक्ति बढ्दै गएकाले तीमध्ये स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनको रुपमा पहिचान गरिएका होटलमा र अन्य सबै व्यक्तिलाई संकट व्यवस्थापन केन्द्रले तोकेको क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने पनि बैठकको निर्णयमा भनिएको छ ।

उक्त बैठकको अध्यक्षता पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले गरेका थिए भने बैठकमा नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्याय, प्रमुख सेनानी मदनजंग राणा,प्रहरी उपरीक्षक गंगा पन्त, सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुँवर लगायत सहभागी रहेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »