सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पर्सामा गण्डक अस्पतालमा उपचाररत २१ जना मंगलबार राति डिस्चार्ज

वीरगञ्ज । पर्सामा थप २१ जना कोभिड–१९ संक्रमित उपचारपछि कोरोना भाइरसमुक्त भएका छन् । नारायणी कोभिड अस्पतालकै शाखाको रुपमा सञ्चालित गण्डक अस्पतालमा उपचाररत २१ संक्रमित कोरोनामुक्त भएका हुन् । उनीहरुलाई मंगलबार राति डिस्चार्ज गरिएको हो।

गण्डक अस्पतालबाट डिस्चार्ज भएकाहरुलाई वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी र स्वास्थ्यकर्मीहरुले फूल दिएर विदाई गरेका थिए ।लगातार दुई वटा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएकाले उनीहरुलाई डिस्चार्ज गरिएको डा. उदय नारायण सिंहले जानकारी दिए ।

कोरोनालाई जितेर डिस्चार्ज हुनेहरुमा ५ जना महिला र १६ जना पुरुषहरु रहेका छन् । जहाँ २ वर्षीय र १० वर्षीय बालक तथा १५ वर्षीय एक किशोर पनि रहेका छन् । ६ महिलासहित ३० जना संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गरिएकोमा अस्पतालमा अब ९ जना संक्रमित उपचाररत छन् ।

नारायणी अस्पतालले कोरोना संक्रमितहरुलाई थेग्न नसकेपछि ३० जनालाई गण्डक अस्पतालमा राखेर उपचार शुरु गरेको थियो, भने बाँकी ७२ जनालाई नारायणी अस्पतालमै उपचार भइरहेको थियो । यसअघि नारायणी अस्पतालमा भर्ना ७२ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । आइतबार १८ जना र सोमबार ४३ जना डिस्चार्ज भएका थिए ।

पर्साका १४ वटा पालिकामा सञ्चालित २९ क्वारेन्टाइनमा ३४ महिला र ४ सय ९८ पुरुष सहित ५ सय ३२ जना शंकास्पद संक्रमितलाई राखिएको छ । भारतबाट आएका, कन्ट्याक्ट ट्रेसिङमा परेका, स्वाब संकलन गरिएको तर रिपोर्ट नआएका शंकास्पद व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखिएको हो ।

पर्सामा क्वारेन्टाइनको कुल बेड क्षमता १२ सय ६५ छ । क्वारेन्टाइनमा १४ दिन पुरा गरी पीसीआर परीक्षण रिपोर्ट नगेटिभ आएपछि ४ सय २५ जनालाई होम क्वारेन्टाइनमा बस्न भनिएको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।

भर्खरै

सम्बन्धित खबर

Language »