सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पसल खोल्न पाउनुपर्ने माग गर्दै काठमाडौंका व्यवसायी प्रदर्शनमा उत्रिए

काठमाडौं । लकडाउनका कारण व्यापार चौपट भएको भन्दै जोरपाटीका व्यवसायीले मंगलबार प्रदर्शन गरेका छन् ।

पसल खोल्न पाउनु पर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका व्यवसायीलाई प्रहरीले लखेटेको थियो । त्यसक्रममा पसल बन्द गर्न अटेर गर्ने एक जनालाई महानगरीय प्रहरी वृत्त बौद्धले केहीबेर नियन्त्रणमा लिएको थियो।

कार्कीले भने, ‘लकडाउन उल्लंघन गरेकाले नियन्त्रणमा लिएका थियौं, अहिले छाडिसकेका छौं ।’ गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेलगायतसँग छलफल गर्ने सहमति भएपछि व्यवसायीहरुले प्रदर्शन रोकेका थिए । छलफलका क्रममा नगरपालिकाले पसल खोल्ने वातावरणका लागि पहल गर्ने आश्वसन दिएको छ ।

नगरका प्रशासकीय अधिकृत नरहरि घिमिरे भने यो विषयमा निर्णय गर्ने अधिकार नगरपालिकासँग नभएको बताए । ‘हामीले पनि यसमा केही गर्न सक्ने अवस्था छैन, केन्द्रबाटै नयाँ निर्णयको पर्खाइमा छौं’, उनले अनलाइनखबरसँग भने ।

अहिले नगरपालिकाका अधिकारीहरुले प्रदर्शनरत पक्षलाई सरकारले छिट्टै नयाँ निर्णय ल्याउने बताएर थुम्थुम्याउने प्रयास गरेका छन् ।

जोरपाटीमा मात्र होइन, उपत्यकाका विभिन्न क्षेत्रका व्यवसायीले पसल खोल्न पाउनुपर्ने माग गर्दै प्रशासन गुहार्न थालेका छन् । उनीहरुले नजिकैको प्रहरी कार्यालयमा गएर लिखित निवेदन पनि बुझाएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »