सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पहिराेकाे जाेखिम कहिलेसम्म ? एउटै परिवारकाे ९ जनाकाे मृत्यु

काठमाडौँ । दैनिक रुपमा बाढी पहिरोको घट्ना नेपालीका लागि सामान्य हुन थालेको छ । सिन्धुपाल्चोकको लिदि पहिरो, सिन्धुपाल्चोकको नै बाह्रविसेमा गएको पहिरो, नेपालको पश्चिम क्षेत्रमा गएको पहिरो लगाएत थुप्रै पहिरोको समाचार सुन्दा सुन्दा नेपालीको मन त्रसित हुँदैछ ”कतै म बसेको ठाउँमा पनि पहिरो जाँदै त छैन ?”

कुनै एक समय त्रिभुवन राजमार्गको कृष्ण भिरको पहिरोले यसरी नै दुःख दिएको थियो तर अहिले त्यो समस्या हटेको छ तापनि अन्य ठाउँमा गएको पहिरोमा परि दैनिक मानिसहरु मृत्यु भएको समाचार सामान्य भएको छ ।

यो समस्याबारेमा स्थानीय निकाय वा राज्यको तिनै तहको सरकारले दिर्घकालीन समाधानको खोजि गरेको पाइदैन ।

आज बिहान मात्रै पोखराको स्याङजामा गएको पहिरोकाे खबरले हरेक अनलाइन र सामाजिक संजाल भरिएको छ ।


स्थानीय गिर बहादुर दुहुनका अनुसार ”बिहानको साढे ५ बजाइसकेको थियो । श्यामकला दाउरा लिन कटेरोतिर जाँदै थिइन् । माथिबाट गड्याङ र गुडुङ गर्दै केही खसेजस्तो सुने । दाउरा त्यहीँ फालेर चिच्याउँदै घर पुगिन् । छोरीहरुलाई बोलाइन् र नाती च्यापेर भागिन् ।”

गिरबहादुर र छोरीहरु पनि उनकै पछि लागेर आँगनमा निस्कँदा पहिरो गोठसम्मै आइपुग्यो । उनीहरु चिच्याउँदै बारीतिर भागे र बचे ।

उनीहरुले पछि बल्ल थाहा पाए, आफ्नो गोठसम्म आइपुगेको पहिरोले त सानी परियारको घरै पुरेको रहेछ । ‘पहिरोजस्तो लाग्नेबित्तिकै सबलाई चिच्याउँदै बारीतिर भागें । हामी त्यो ठाउँमा जम्मा ३ घर छौं । २ घरमा मान्छे बाहिर निस्के,’ श्यामकलाले भनिन्, ‘माथ्लो घरका मान्छे त बाहिर निस्कनसमेत भ्याएनछन् ।’

एकै परिवारका १० जनामध्ये मनीषाको मात्रै उद्धार भएको छ । अन्य ९ जनाको मृत्यु भएको छ । मनीषाको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको स्याङ्जा प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीले बताए । उनको दाहिने खुट्टा भाँचिएकाले बिहीबारै शल्यक्रिया गरिसकिएको छ ।

यस प्रकारको समस्या के कारणले भैइरहेको छ । विपत व्यवस्थापन मन्त्रालयले यो समस्याको न्यूनीकरण वा समधानकोबारेमा बेलैमा सोचेको पाइदैन ।

स्थानीय तहको सडक मोहको कारणले पनि अहिलेको बाढी पहिरोको समस्या व्यहोर्न बाध्य भएको जानकारहरु बताउँछन् ।

फाेटाे विभिन्न सामाजिक संजालबाट प्राप्त

भर्खरै

सम्बन्धित खबर

Language »