सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पहिरोले घर पुरिँदा लमजुङमा ३ को मृत्यु, ३ घाइते

लमजुङ / २६ असार
लमजुङको बेसीसहर नगरपालिका ७, सातबिसेमा दीपक तामाङको घर पहिरोले पुरिँदा एकै घरका तीन जनाको ज्यान गएको छ ।

मजुङका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाका अनुसार घरधनि दीपक तामाङ, उहाँकी श्रीमती बिमाया तामाङ र छोरा सेवाङ तामाङको मृत्यु भएको हो। अरु तीन जना सामान्य घाइते भएका छन् ।

राति खाना खाएर सुतेको बेला ११ बजे माथिबाट आएको पहिरोले घर पुर्दा उनीहरु तीनै जनाको मृत्यु भएको डिएसपी थापाले बताउनुभयो ।

राति १२ बजे घटनास्थलमा पुगेको प्रहरी टोलीले पहिरोबाट तीनैजनालाई निकालेर जिल्ला अस्पताल पुर्‍याएको थियो। ‘अस्पताल पुर्‍याउनासाथ डाक्टरले तीनै जनालाई मृत घोषणा गरेका डिएसपी थापाले बताउनु भयो।

पहिरोले वरपरिका अन्य घरमा भने कुनै क्षति नगरेको प्रहरीले जनाएको छ। लमजुङमा बिहीबार साँझदेखि सुरु भएको वर्षा अझै थामिएको छैन।

भर्खरै

सम्बन्धित खबर

Language »