सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पहिलोपटक कोभिड संक्रमितको पाटन अस्पतालमा शल्यक्रिया

काठमाडौँ । कोभिड संक्रमित एक व्यक्तिको खुट्टाको शल्यक्रिया गरिएको छ । पाटन अस्पतालमा सोमबार उनको खुट्टाको अप्रेसन गरिएको हो । शल्यक्रियाको टिममा डा पाण्डेसँग प्राडा सुमन श्रेष्ठ र सह प्राडा तोया भट्ट रहेका थिए ।

अस्पतालका सह प्राडा विमल पाण्डेले नेपालमा पहिलोपटक कोभिड संक्रमित बिरामीको शल्यक्रिया गरिएको बताए । उनले भने, ‘हामीले पीपीई लगाएर शल्यक्रिया गरेका थियौं, बिरामीको अवस्था सामान्य छ ।’

सर्लाही जमुनिया स्थायी घर भएका ती बिरामी एक हप्ताअघि सडक दुर्घटनामा परेर घाइते भएका थिए । उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको थियो । खुट्टा भाँचिएर उनको शल्यक्रिया गर्नुपर्ने थियो ।

सप्तरीका ३२ वर्षीय ती युवकको खुट्टा भाँचिएकै कारण दुई दिनअघि उनलाई काठमाडौंका कोभिड अस्पतालहरुले भर्ना लिएका थिएनन् । उनी दिनभर पाटन अस्पतालको प्रांगणमा एम्बुलेन्समै राखिएका थिए ।

साँझ परेपछि पनि अस्पतालले भर्ना नलिएपछि स्वास्थ्य मन्त्रालयका कोभिड १९ इमर्जेन्सी रेस्पोन्सका प्रमुख डा. गुणराज लोहनीले काठमाडौं मेडिकल कलेज पठाएका थिए । त्यहाँ अपरेशन सम्भव नभएपछि फेरि पाटन ल्याइएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »