सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पहिलो खेलमा हार व्यहाेरेका अर्जेन्टिना समुहको शीर्ष स्थानबाट अन्तिम १६ मा प्रवेश

काठमाडौं । पोल्याण्डमाथि प्रभावशाली जित निकाल्दै अर्जेन्टिना फिफा विश्वकपमा आफ्नो समूहबाट शीर्ष स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको छ ।

साउदी अरेबियासँग पहिलो खेलमै स्तब्ध बनेपछि दवावमा आएको अर्जेन्टिनाले त्यसयता दुवै खेलमा उत्कृष्ट प्रदर्शन गर्न सक्यो ।

पराजयका बाबजुद पोल्याण्ड पनि समूह उपविजेताका रुपमा अन्तिम १६ मा पुगेको छ । समूह सी मा समान ४ अंक भए पनि पोल्याण्डले मेक्सिकोलाई गोलअन्तरमा पछि पारेको हो ।

अघिल्लो खेलमा मेक्सिकोलाई हराउन अर्जेन्टिनी टिम लियोनल मेस्सीबाट प्रेरित थियो । उनैले अर्जेन्टिनी टिमलाई ट्रयाकमा ल्याएका थिए । उनले पुनः महत्वपूर्ण भूमिका निभाए र अन्तिम १६ मा अस्ट्रेलियासँगको भेट निश्चित गरे ।

२(० को अग्रता बनाएको मेक्सिकोले साउदी अरेबियासँग अन्तिम मिनेटमा गोल खानुअघि यो समूहबाट नकआउट चरणमा पुग्ने दोस्रो टोलीको टुंगो फिफा फेयर प्लेको आधारमा हुने तय थियो । त्यसो हुँदा पनि समूहका तीन खेलमा कम पहेँलो कार्ड पाएको पोल्याण्ड नै छनोट हुँदै थियो ।

दोस्रो हाफमा ब्राइटनका एलेक्सिस म्याक अलिस्टर र म्यानचेस्टर सिटीका जुलियर अल्भारेजले गरेको गोलले अर्जेन्टिनालाई सहज विजेता बनाएको हो । तर पनि यो खेल नाटकीय थियो । पोल्याण्डलाई थाहा थियो थप गोल खाँदा र मेक्सिकोले अर्को खेलमा अग्रता बढाउँदा आफू बाहिरिनुपर्नेछ ।

अर्जेन्टिना खेलमा पूरा समय हाबी थियो । तर, गोलका लागि दोस्रो हाफसम्मको प्रतीक्षा गर्नुपरेको थियो । पोल्याण्ड गोलरक्षक ओजिच जेस्नीले मेस्सीलाई ट्याकल गरेको भन्दै भिडियो रिभ्यूको सहारामा रेफ्रीले पेनाल्टी दिए पनि मेस्सीको प्रहार जेस्नीले रोकिदिए ।

म्याक एलिस्टरले दोस्रो हाफ सुरु भएको अर्को मिनेटमा नाहुएल मोलिनाको क्रासमा गोल गरेका हुन् । अल्भारेजले ६७औं मिनेटमा गोल गरेका हुन् ।

अनलाइन खबरबाट साभार

भर्खरै

सम्बन्धित खबर

Language »