सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पाँचखालको खरेलथोक–कोशीदेखा सडकमा पिच नसकिदैँ उप्कियो

काठमाडाैँ । काभ्रेको पाँचखाल नगरपालिका स्थित खरेलथोक–कोशीदेखा सडकको पिचमा ठेकेदारले गम्भीर लापर्बाहि गरेको पाइएको छ । खरेलथोक देखि कोशीदेखासम्म पुग्ने यो सडक अहिले धमाधम पिच भइरहेको छ ।

तर ठेक्केदारले गुणस्तरहिन सामान प्रयोग गरेको भन्दै पाँचखाल नगरपालिका वडा नम्बर १३ का अध्यक्ष सुकबिर तामाङले आजैदेखि काम रोकीदिनुभएको छ । सडक विभागको १३ करोड रुपैयाँमा सडक पिच भइरहेको छ । साढे चार किलो मिटर सडक पिच हुनेछ । यो सडकमा दशैँ अघि देखि पिचको काम भएको हो । दशैँ अघि १ किलो मिटर सडक पिच भइसकेको वडाध्यक्ष तामाङले जानकरी दिनुभयो ।

ठेकेदारले दशैँ सकिए लगत्तै कामदार साइटमा पठाएका छन् । ठेक्का सम्झौता अनुसारले २० एमएमको पिच हुनुपर्नेमा मुस्किलले ८ देखि १० एमएम मात्रै पिच भएको वडाध्यक्ष तामाङले जानकारी दिनुभयो । धुलिखेलस्थित पूर्वाधार विकास कार्यालयका प्राविधिकलाई फोन गरेको र भोली साइटमा पुगेपछि मात्रै बाँकी काम अघि बढ्ने वडाध्यक्ष तामाङले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »