सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पाँचखालमा शहरी खानेपानीकाे चौपक्षीय सम्झौता,

काठमाडौ। पाँचखालको बहुप्रतिक्षित पाँचखाल शहरी खानेपानी तथा सरसफाइ आयोजनाको चौपक्षीय सम्झौता भएको छ। खानेपानी तथा ढल व्यवस्थापन विभाग, नगर विकास कोष, पाँचखाल नगरपालिका र उपभोक्ता समिति बीच पाँचखाल शहरी खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न गर्न सम्झौता भएको हो।

नगरपालिकाका अनुसार सम्झौता पत्रमा खानेपानी तथा ढल व्यवस्थापन विभागबाट विद्यानाथ भट्टराई, नगर विकास कोषबाट सुवासराज पन्त, नगरपालिकाबाट नगर प्रमुख महेश खरेल तथा उपभोक्ता समितिको तर्फबाट अध्यक्ष कुमार लामिछानेले हस्ताक्षर गर्नुभएको छ ।

नगर विकास कोष र खानेपानी आयोजना बीच ऋण एवं जमानत सम्झौता समेत भएको छ। सम्झौता अनुसार खानेपानी आपूर्ति तर्फको कुल रकमको २५ प्रतिशत रकम ५ प्रतिशत ब्याजदरमा नगर विकास कोषले उपलब्ध गराउने उल्लेख छ। कोषले सम्झौताको ५ वर्ष सहुलियत दिने तथा २०८२ असारदेखि ऋणको सावाँ ब्याज बुझाउनुपर्ने छ।

सम्झौतापछि पाँचखाल नगर प्रमुख महेश खरेलले निकै मेहनत साथ सुरू भएको आयोजना खेर जान नदिने बताउनुभयो।खानेपानी आयोजना निर्माणका लागि हुएसुइ कन्काइ जोइन्ट भेन्चरु ले ठेक्का परेको छ।

परियोजनाको २०७६ भदौ १२ गते खानेपानी आयोजना अन्तर्गत सहरी खानेपानी तथा सरसफाइ ९क्षेत्रगत० आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ता बीच सम्झौता गरिएको थियो।

आयोजना दुई अर्ब २१ करोडको लागतमा तीन वर्षमा निर्माण सम्पन्न गरिने लक्ष्य थियो। सम्झौताको शर्त अनुसार कुल योजनाको पाँच प्रतिशत अर्थात ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गरेका छन्, जसअनुसार पाँचखालका प्रतिउपभोक्ता परिवारले खानेपानी परियोजनाको बैंक खातामा १८ हजार जम्मा गरेका थिए।

खानेपानीका लागि भुम्लु गाउँपालिका–१० स्थित सुनकोशी नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधि निर्माणका लागि सडक पुर्‍याउन पाँचखाल नगर कार्यालयद्वारा सर्भेको काम सकेको पाँचखाल नगरपालिका प्राविधिक शाखा प्रमुख कपिलदेव भट्टले जानकारी दिनुभयो । उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले आयोजनाबाट पाँचखाल नगर क्षेत्रका करिब सात हजार उपभोक्ता लाभान्वित हुने जानकारी दिनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »