सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पाँचपाेखरी थाङपाल गाउँपालिकाकाे काेराेना विरूद्ध ७ कार्य

सिन्धुपाल्चाेक । पाँचपाेखरी थाङपाल गाउँपालिकाले काेराेना भाइरस विरूद्धमा जनस्तरमा जनचेतना जगाउँन र सचेत रहनाका लागि विभिन्न कार्यहरू गरेका छन् ।

गाउँपालिका अध्यक्ष टाँसी लामाले हालसम्म काेराेना भाइरस विरूद्ध गरेका कामहरूकाेबारेमा सामाजिक वालबाट सार्वजनिक गरेकाे छ । उहाँकाे उक्त कार्यलाई सबैले स्वागत याेग्य कार्यका रूपमा लिएका छन् ।

राेग लाग्नु भन्दा राेग लाग्न नदिनु नै पहिलाे प्राथमिकताका साथ कार्य गरिरहेकाे गाउँपालिका अध्यक्ष टाँसी लामाले सारा खबरलाई जानकारी दिएकाे दिनुभयो ।

उहाँले याे विषम परिस्थितिमा सबैलाइ सजग र सचेत रहनका लागि पनि अनुराेध गर्नु भएकाे छ ।
काेराेना भाइरस विरूद्ध गाउँपालिकाले गरेका कामहरू यस प्रकार रहेका छन् ।


१ । पाँचपोखरी थाङ्पाल गाउँपालिका का सबै वडाहरुमा सर्वदलीय छलफल सम्पन्न ।

२। सबै वडाका स्वास्थ्य चौकी र इकाईहरुमा सुरक्षा सामाग्री वितरण गरियो ।

३ । जिल्लाका सबै रेडियोहरु मार्फत जनचेतना मुलुक सूचना प्रसारण ।

४ । खाल्डे खोलामा स्वास्थ्य सुरक्षित सहायता डेस्क निर्माण र सो छेत्रमा खटिने स्वास्थकर्मिहरुलाई शतप्रतिशत सुबिधा उपलब्ध गराउने साथै स्वास्थ्य सस्थामा काम गर्ने सबै स्वस्थ्यकर्मीहरुलाई ५०% सुबिधा उपलब्ध थप गराउने।

५। तिपेनी मा २० शैयाको क्वारेन्टाइन निर्माण र आवस्यकता आनुसार अन्य बिस्तार गर्ने ।

६ । मास्क बनाउने कार्य धमधम भैरहेको ।

७। सबै वडाहरुमा माइकिङ गर्दै सुचना प्रवाह गरेको।

भर्खरै

सम्बन्धित खबर

Language »