सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पाँच दिनमै जम्मा भयो ३० करोड राजस्व

काठमाडौं / असार ८
मालपोत कार्यालयहरुमा सेवाग्राहीको संख्या दिनप्रति दिन बढ्दो छ । देशभरका मालपोत कार्यालयहरू १ असारदेखि खुलेका हुन् । त्यसयता ५ दिन (गत शुक्रबार) सम्मको तथ्यांक हेर्ने हो भने २५ हजारभन्दा धेरै सेवाग्राहीले सेवा लिएको भूमि व्यवस्था तथा अभिलेख विभागको अनुमान छ ।

सेवाग्राही बढेपछि राजस्व संकलन पनि बढ्ने नै भयो । देशभर १२६ वटा मालपोत कार्यालयहरू छन् । यसमध्ये ८ वटा कार्यालयहरू खुलेका छैनन् ।

सर्लाही, रौतहट जस्ता जिल्लाहरू स्थानीय प्रशासनले धेरै भिडभाड हुने भएको भन्दै खोल्न दिएको छैन । बाँकी कार्यालयहरूबाट पाँच दिनमा करिब ३० करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

पहिलो दिन ३ करोड ४५ लाख रुपैयाँ राजस्व संकलन भएकोमा दोस्रो दिन बढेर ४ करोड ८६ लाख रुपैयाँ पुगेको विभागका महानिर्देशक पौडेलले बताए ।

यसैगरी तेस्रो दिन ७ करोड ८ लाख रुपैयाँ र चौथो दिन ९ करोड ५१ रुपैयाँ राजस्व संकलन भयो । पाँचौं दिन शुक्रबार करिब ५ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

कार्यालय खुलेको पहिलो दिन नै एक हजार चार सय ३८ वटा सेवा लिएको विभागका महानिर्देशक शेषनारायण पौडेललव जानकारी दिए । १ असारदेखि नै कार्यालय पूर्ण क्षमतामा सञ्चालन गरिएकाले सेवाग्राहीको संख्या पनि ठूलो भएको उनी बताउँछन् ।

एउटा कामलाई विभागले एउटा सेवा भनेर तोक्ने गरेको छ । एउटा सेवामा २ वा २ भन्दा धेरै सेवाग्राही हुने गरेको पाइएको छ । सेवा संख्यामा २ जनाकै हिसाब गर्ने हो भने पनि ५ दिनमा करिब २६ हजारले सेवा पाएको महानिर्देशक पौडेल बताउँछन् ।

भर्खरै

सम्बन्धित खबर

Language »