सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पाकिस्तानमा तीन पत्रकार कोरोना भाइरसबाट संक्रमित

इस्लामाबाद । पाकिस्तानमा कम्तिमा तीनजना पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन्। दुई निजी मिडियाहाउसमा कार्यरत तीन पत्रकारलाई संक्रमणले भेटेको बताइएको छ। उनीहरु लाहोरको भएको बताए पनि नाम सार्वजनिक गरिएको छैन।

दुई मिडियामध्ये एकका सिइओ मोहसिन नकवी भएको स्वीकार गरेका छन्। साथै मिडियामा अरुलाई पनि संक्रमण भएको हुनसक्ने सम्भावना बारे अनुसन्धान गरिरहेको र केहीलाई क्वारेन्टाइनमा राखिएको बताएका छन्।

यसबाहेक अखिल पाकिस्तान पत्रपत्रिका कर्मचारी संगठनका अध्यक्ष सिद्धिकी अन्जरले अरु थप तीनजना रिपोर्टर पनि संक्रमित भएको दावी गरेका छन्। जसमध्ये दुई पन्जाब र एक कराँची बस्दैआएका छन्। अन्जरले पनि रिपोर्टरहरुका लागि सेफ्टी किट नभएको गुनासो गरेका छन्।

कोरोना भाइरस रोकथामका लागि दक्षिण एसियाका खराब मुलुकमध्ये पाकिस्तान पनि एक हो। जहाँ एक हजार जति मानिस संक्रमित छन् भने सातजनाको मृत्यु भइसकेको छ। अरु १८ जना उपचारपछि घर फर्किएका छन्। कोरोना भाइरसका कारण विश्वभर १७ हजारकमो मृत्यु भएको छ भने ३ लाख ९८ हजारलाई संक्रमणले भेटेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »