सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पानी ले पनि रोकेन सरसफाइ अभियानलाई

काठमाण्डौ ,


वाग्मती सफाई महाअभियानको आज ३७७ औं शृङ्खलामा वाग्मती नदि किनारको सफाइ गरिएको छ । श्री हनुमान ऊँ शान्ति बाटिकामा बेगमबेलि फुल रोपि नदीको किनारमा पसल गरि बस्नेहरुलाई आफ्नो पसल अगाडि सफाइको लागि जनचेतनाका साथै पसल, रेस्टुरेन्ट, ग्यारेज अगाडिको बाटो सफा गर्न सहभागिता गराइ कुहिने र नकुहिने फोहर व्यवस्थापन गर्दै भौतिक दुरि कायम गरि सफाइ सम्पन्न भएको छ । वाग्मती सुन्दरता सरोकार मन्चको अगुवाईमा भएको सफाई अभियानमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकिकृत बिकास समितिका सफाइकर्मीहरुको समेत सहभागिता रहेको थियो ।सफाइ महाअभियानमा नियमित अभियान्ताहरु , श्री हनुमान मार्ग टोल विकास समिति , ऊँ शान्ति परिवार , स्थानीय वासीहरु को उपस्थिती थियो ।

विष्णुमती सरसफाइ अभियान

विष्णुमती सरसफाइ अभियान

नेपाल पतान्जली योग समिति , शिवनगर टोल बिकास समिती , सिद्धेश्वर टोल बिकास समिती , विनायक सरसफाइ तथा फोहोरमैला ब्यबस्थापन प्रा.लि. , सरसफाइ अभियन्ता र स्थानियहरुको सक्रिय उपस्थितिमा पानीको झरिमा पनि विहान ७:३० देखि १२ बजे सम्म टोखा नगरपालिका ०९ आनन्दटोल देखि मनमैंजु पुल सम्म८० वटा बिरुवा विष्णुमती करिडोरमा रोपि सरसफाइ अभियान सम्पन्न भएको अभियान का जुझारु अभियान्ता शोभाकान्त पाण्डे ले जानकारी गराएका छन ।

आलोकनगर सफाई समूह १७६ औं हप्ता..

राति देखी परेको अबिरल बर्षाका बाबजूद पनि आलोकनगर शिव मन्दिर लगायत चौतारी सम्मको क्षेत्र सफाई सम्पन्न भएको अभियान का जुझारु अभियान्ता प्रमिला पौडेल ले जानकारी गराएकि छन ।

“हाम्रो गोदावरी स्वच्छ ,सफा र सुन्दर गोदावरी” नाराका साथ महिला एबम बालबालिकाको पहलमा संचालन भइरहेको”गोदावरी खोला क्षेत्र सरसफाइ अभियान”को ७४ औं श्रृंखलाको सरसफाइ कार्यक्रममा गोदावरी सकृय अभियन्ताहरु को सहभागितामा सम्पन्न भएको थियो।

लोक बहादुर टन्डन ले नेतृत्व गरेको चक्रपथ सरसफाइ अभियान भने अबिरल बर्षा को कारण स्थगित भएको जानकारी प्राप्त भए को छ ।

भर्खरै

सम्बन्धित खबर

Language »