सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पाल्पाको सत्यवतीमा वस दुर्घटना, ६ जनाको मृत्यु

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ सत्यवती, मधुवनमा बिहीबार राति भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । रुपन्देहीको सालझन्डीबाट पाल्पाको सत्यवती खुर्सानेतर्फ आउँदै गरेको ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु भएको पाल्पाको बल्ढेङगढी प्रहरी चौकीले जानकारी दिएको छ ।

बस दुर्घटना हुँदा सत्यवती खुर्साने गाउँका ६ जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ५४ वर्षीया खेमकुमारी राना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमा घिमिरे, १९ वर्षीया विमा पाण्डेय, ४५ वर्षीया गुनी गाहा, २१ वर्षीया दानकुमारी खत्रीको मृत्यु भएको वडा नं। ८ का वडाध्यक्ष रेमबहादुर रानाले जानकारी दिए ।

मृतकमध्ये तीन जनाको शव बसले च्यापेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए । दुर्घटनाग्रस्त बस सडकबाट ६० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ । प्रहरी तथा स्थानीयले उद्धार गरी घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको वडाध्यक्ष रानाले बताए । घाइतेमध्ये दुई जनाको अवस्था सामान्य छ ।

घटनास्थल सालझण्डी(ढोरपाटन सडकखण्डअन्तर्गत पर्ने र खुर्साने गाउँ नजिकै पुग्दा बस दुर्घटना भएको स्थानीय पत्रकार दिलबहादुर गाहाले जानकारी दिए । रातिको समयमा हुस्सु लागेको र बसले च्यापिएकाले उद्धारमा केही कठिनाइ भएको उनले बताए । बिहान ६ बजेमात्र बसले च्यापिएका शव टोचनको सहायताले निकाल्न सकिएको उनले जानकारी दिए ।

भर्खरै

सम्बन्धित खबर

Language »