सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पाल्पामा पहिरो खसेर चारवटा सवारी साधन बगाउँदा २ जनाको मृत्यु, बाँकीको खोजीकार्य जारी

पाल्पा /असार ८

निरन्तरको बर्षासंगै पाल्पाको सम्मोबारीमा पहिरो खसेर ४ वटा सवारी साधन बगाउँदा पुरिएका यात्रुहरु मध्ये २ जनाको शव फेला परेको छ । एक घाइतेको उद्दार गरी उपचारका लागि अस्पताल लगिएको छ ।

पाल्पाको तानसेन रिडी सडक खण्डमा गएको पहिरोमा परेर वेपत्ता भएका अन्यको खोजी कार्य जारी छ । पहिरोले एउटा कार, एउटा मिनी ट्रक, एउटा ट्याक्टर र एउटा बोलेरोे जीप बगाएको स्थानीयवासीले बताएका छन् ।

बगाएका चार सवारी साधनमा कति मानिसहरु थिए भन्ने खुल्न नसकेको बताइएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा उद्दार कार्य तीब्र पारिएको छ ।

पहिरो निकै ठूलो क्षेत्र ओगटेर खसेको हुनाले पहिरो हटाउने काममा समय लाग्ने स्थानीयवासीले बताएका छन्

भर्खरै

सम्बन्धित खबर

Language »