सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पाल्पा पहिराे अपडेट : ज्यान गुमाएका तीनै जनाको सनाखत

पाल्पा / ९ असार

पाल्पाको सम्मोवारीमा सोमबार साझ ४ः४५ बजे पहिरोले गाडी बगाउँदा मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेमा पाल्पाको रिब्दीकोट गाउँपालिका- २ देउरालीका ३२ वर्षीय भुवन खाम्चा, काभ्रेको पाँचखाल नगरपालिका- ८ हुक्से बजारका २८ वर्षीय निवेश श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका २९ बाङ्गेसालका ३३ वर्षीय वीरबहादुर गुरुङ रहेका छन ।

दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको तानसेन स्थित युनाइटेड मिसन अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएको थियो।

पाल्पा–गुल्मी सडक खण्डअन्तर्गत तानसेन नगरपालिका- ११ बन्दीपोखरास्थित सम्मोबारीमा अविरल वर्षासँगै सडक अवरुद्ध भएकाे थियाे । बिहानैदेखि सडक जाम भैरहेको र सडक डिभिजन कार्यालय पाल्पाको स्काभेटरले सडक खुलाउने काम पनि सोही स्थानमा भैरहेको अवस्थामा सडकमा रोकिराखेको लु २ ख १३७६ नम्बर ट्रक र लु १ क १९२८ नम्बरको ट्याङ्ककरलाई माथिबाट एक्कासि खसेकाे पहिरोले बगाएको थियो । ट्रक भीरमा अड्किएको छ भने ट्याङ्कर तल खोल्सामा टुक्राटुक्रा परेको अवस्थामा रहेको छ।

सडकमै रहेका लु१च ७०११ नम्बरको कार र लु२च ७०४३ नम्बरको पिकअप जीपलाई समेत पहिरोले सामान्य क्षति पुर्याएको छ । राखेको सडकमाथिबाट झरेको पहिरोले दुइवटा गाडी बगाएको थियो। अन्य दुइवटामा भने सामान्य क्षति भएको छ। दुर्घटना स्थलवरिपरि केही समय अघि मात्र बाटो चौडा गर्ने काम भएको थियो, जसका कारण आलो माटो भएकोले लगातारको पानीले गर्दा माथिबाट एक्कासि पहिरो झरेको स्थानियहरुको भनाई छ ।

घटना लगत्तै नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र सर्वसाधारणले घटनास्थल पुगेर उद्वार गरेका थिए। अझै पनि केही मानिस पुरिएको हुनसक्ने आशंकामा मंगलबार बिहानैदेखि खोजी कार्य थालिएको छ

भर्खरै

सम्बन्धित खबर

Language »