सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पाल्पा पहिरो अपडेट: मृत्यु हुनेको संख्या तीन पुग्यो

पाल्पा / असार ८

पाल्पाको तानसेन नगरपालिका–११ सम्मोबारीमा पहिरोले दुई वटा गाडी बगाउँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेका एउटा मिनी ट्रक र पानी बोक्ने ट्यांकर पहिरोले बगाउँदा तीन जना पुरुषको मृत्यु भएको हो । तीनजना मध्ये दुईजनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो।

पहिरोले पुरिएको अवस्थामा दुई जनाको शव फेला परेको छ । पहिरोमा पुरिएका एक जनाको उद्धार गरी मिसन अस्पताल लगिएकोमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएका तीन जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदन गिरीले पुष्टि गरे । उनका अनुसार मृत्यु भएकाहरुको पहिचान खुलेको छैन । शवलाई पाल्पा अस्पतालमा ल्याइएको छ । प्रहरीका अनुसार मिसन अस्पतालमा निधन भएकाको पनि शव पाल्पा अस्पताल ल्याइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »