सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पासबिना उपत्यका भित्रिने सवारी चालकलाई कारबाही थालियो

काठमाडौँ, असार ८

सवारी पासबिना उपत्यका भित्रिने सार्वजनिक सवारीका चालकलाई प्रहरीले कारबाही सुरु गरेको छ । नागढुङ्गा नाकाबाट भित्रिँदै गरेका चारवटा सवारी साधनका चालकलाई आइतबार पक्राउ गरी कारबाही थालिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले सवारी पासबिना सार्वजनिक यातायातका सवारी सञ्चालन गरी चर्को भाडा असुलेको गुनासो आएकाले आवश्यक कानुनी कारबाहीका लागि चालकलाई पक्राउ गर्न थालिएको बताए।

उद्धारका नाममा आफूखुसी लामो दूरीको सवारी साधन सञ्चालन गर्ने, सवारी पास नलिने र तोकिएको भन्दा बढी भाडा लिई यात्रु ओसारपसार गरेको प्रहरीको आरोप छ ।

पक्राउ पर्नेमा बाँके नेपालगन्जबाट आउँदै गरेको बा. ४ ख ४५८० माइक्रो बसका चालक राहुल डबगर, ना. ७ ख ७३९५ बसका चालक रुद्रबहादुर खत्री, बा. ४ ख ७३७३ माइक्रो बसका चालक विकाश शर्मा र झापाबाट काठमाडौँं आउँदै गरेको ना. ५ ख ५८३४ बसका चालक राकेश शाक्य छन् । काठमाडौँ उपत्यका प्रवेश गर्न तथा बाहिर जान सम्बन्धित निकायबाट जारी सवारी पास र बस तथा कारमा सवार व्यक्तिहरूको ‘पीसीआर’ परीक्षण रिपोर्ट अनिवार्य गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »