सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

“पिंगाई माया”बाट शुरु गरौं नयाँ वर्षको यात्रा

काठमाडौँ । जनवादी गायिकाबाट पहिचान कमाउँदै उदयमान गायिका निर्माला घिसिङको नयाँ गीत नयाँ वर्षकाे अवसरमा बानेश्वरको मण्डलाबाट आज ठिक एक बजे निर्मला अफिसियल युटुव च्यानालबाट सार्वजनिक हुँदैछ ।

हरेक नेपालीको मनमुटुमा बस्न सफल गायिका निर्माला घिसिङको यो “पिंगाई माया” एक श्रमजीविको कथा हो । नेपाली क्यालेन्डरले २०७९ को घण्टी बजाई सकेको छ । सबैले नयाँ कामको यात्रा तय गरिरहदा गायिका निर्माला घिसिङले आम नेपालीका लागि “पिंगाई माया” उपहार दिदैछन् ।

कुलीन वर्गमा जन्मेको होस् या सामान्य घर परिवारमा जन्मेको होस् । माया गर्ने शैली उही हुन्छ । दुुई शब्दको यो मायाले धनी, गरिब केही भनिदैन । त्यसैले “पिंगाई माया”ले कुनै जातको प्रतिनिधित्व गर्दैन । कुनै धर्मको प्रतिनिधित्व गर्दैन तर लोप हुँदै गएको एक सस्कारको प्रतिनिधित्व गरिरहेको सन्देश दिन खोजिएको छ । माया के हो ? जीवनको अर्थ के हो ? यसको शाब्दिक अर्थ दिन खोजि रहेको छ ।

नयाँ वर्षमा घुम्न जाने सोच तपार्इँले बनाउनु भएको छ भने आधा घन्टाको समय छुट्टाएर बानेश्वरको मण्डला थिएटरमा “पिंगाई माया” हेर्नका लागि गायिका निर्माला लामाले सबैलाई चुलो निम्तो दिनुभएको छ अथवा निर्मला युटुब च्यानल अफिसियल हेर्नका लागि सबैमा अनुराेध गरेकाे छ ।

नेपाली मुलधारमा रहेर हास्य कलाकारको पहिचान कमाउन सफल “हैट” बुद्धि तामाङ, मोडल निर्माला घिसिङको बेजोड अभिनय रहेको यो “पिंगाई माया” उज्यालो नेपालको महानायक कुलमान घिसिङको रामेछापमा रहेको घरमा छाँयाङ्कन गरेको हो ।

लोक मध्यमार्गमा काम गर्न जाँदा एक कुल्लीसँग बसेको “पिंगाई माया”, भिडियोले के भन्न खोजि रहेको छ । त्यो सबै हेर्नका लागि गायिका निर्माला घिसिङ, हास्यकलाकार बुद्धि तामाङ, मोडल निर्मला घिसिङ लगाएत निर्माण टिमले सबैलाई उपस्थितिका लागि चुलो निम्तो दिनु दिएकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »