सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पि एस जि को कम्ब्याक जित, एटलान्टा क्वाटरफाइनलबाटै बाहिरियो

युरोपियन च्याम्पिन्स लिग जारी सिजनको अन्तिम आठको हिजो राति भएको खेलमा पि एस जि ले एटलान्टा विरुद्ध २-१ गोलको जित निकालेको छ । पोर्चुगलको लिस्बन शहर स्थित स्टाडियो डा लुइज रंगशालामा भएको सो खेल एटलान्टाको पहिलो च्याम्पियन्स लिग नक आउट खेल थियो ।

मारियो पासलिचले २६ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा एटलान्टालाई १-० को अग्रता दिलाए । तर खेलको अन्तिम ४ मिनेट सम्हालिन नसक्दा २ गोल खान पुग्यो । खेलको ६० औं मिनेटमा पाब्लो साराबियाको स्थानमा मैदान प्रवेश गरेका किलियन एम्बापेले पि एस जि को खेल थप आक्रमक बनाए । ९० औं मिनेटमा नेमारको पासमा माक्र्विनहोसले गोल गर्दै पि एस जि लाई खेलमा बराबरीको स्थितिमा ल्याए । त्यस लगत्तै ३मिनेट पछि एम्बाप्पेको पासमा इरिक माक्सिमले गोल गर्दै २-१ गोलले पि एस जि को जित पक्का गरे । जितसँगै पि एस जि सेमिफाइनलमा प्रवेश गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »