सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पुतलीबजार नगरपालिकाले ८७ करोड २२ लाख ७० हजारको बजेट प्रस्तुत

काठमाडाैँ । गण्डकी प्रदेश स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिकाले नवौं नगर सभा मार्फत पालिकाको ८७ करोड २२ लाख ७० हजारको बजेट प्रस्तुत भएको छ । नवौं नगर सभाले आर्थिक वर्ष २०७८र७९ का लागि ८७ करोड २२ लाख बजेट प्रस्तुत भएको हो ।

आर्थिक वर्ष २०७८र७९ को बजेट प्रस्तुत गर्दै पुतलीबजार नगरपालिकाका उपप्रमुख महेश पुरीले ८७ करोड २२ लाखको बजेट प्रस्तुत भएको बताए । उपप्रमुख महेश पुरीले सभामा चालु खर्च तर्फ ५१ करोड ४३ लाख १२ हजार र पुँजीगत खर्च तर्फ ३७ करोड ७९ लाख ५८ हजार रहेको बताए ।

प्रस्तुत बजेटमा पुतलीबजार नगरपालिकाले कृषि, सहकारी, उद्योग तथा वाणिज्य, पर्यटन, पशु विकास, वडा विकास, राजश्व परिचालन अभिवृद्धि र रोजगारी सिर्जना तथा स्वरोजगार कार्यक्रमलाई आवश्यकता अनुसार बजेट विनियोजन गरेको छ । त्यसैगरी सामाजिक विकास क्षेत्र तर्फ शिक्षा विकास, युवा विकास, खेलकुद विकास, स्वास्थ्य, महिला विकास, गरिवी निवारण कार्यक्रम, भुमि व्यवस्था निति तथा कार्यक्रमा बजेट छुट्याईएको छ ।

सभा मार्फत भौतिक पूर्वाधार विकास क्षेत्र तर्फ घरनक्सा पास, बन तथा वातावरण संरक्षण, विपद् व्यवस्थापन, फोहोर मैला व्यवस्थापन, उर्जा विकास, सुशासन अभिवृद्धि, संस्थागत विकास र न्याय तथा मेलमिलापलाई रकम विनियोजना गरिएको जनाईएको थियो । सुन्तलाको शहर, एक टोल एक नर्सरी, एक घर एक करेसाबारी, त्रिवेणी धाम, उद्यमशिलता, रोजगारी र उत्पादन वृद्धि, हुन्छ नगरपालिकाको समृद्धि, पुतलीबजार नगर उज्यालो शहर र स्वच्छ पुतलीबजार कार्यक्रमलाई प्राथमीकतामा राखी बजेट प्रस्तुत भएको छ ।

नगर सभामा पुतलीबजार नगरपालिकाका नगर प्रवक्ता ख्यामनारायण अधिकारीले वन तथा वातारण व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गरेका थिए भने सुशासन समितिका संयोजक ओमबहादुर खड्काले कर्मचारीहरुको व्यवस्थापन गर्न बनेको बिधेयक २०७८ प्रस्तुत गरेका थिए । त्यसैगरी लेखा समितिका संयोजक रविविक्रम केसीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए भने भौतिक पूर्वाधार व्यवस्थापन समितिका संयोजक अमृत श्रेष्ठले स्थानीय सडक मापदण्ड बारे प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यो पनि पड्नुहोस।। हिमगिरी हाइजिनद्धारा स्याङजालाई एक लाख मुल्य बराबरको स्वास्थ्य सामाग्री प्रदान
बजेट बहाएकका प्रतिवेदनहरु सभाले पास गरेको छ । यस अघी नगरप्रमुख सिमाकुमारी क्षेत्रीले कार्यपालिकाबाट पास भएको निति तथा कार्यक्रम सभामा प्रस्तुत गरेकी थिइन् । नगरप्रमुख क्षेत्रीले सुन्तलाको शहर, एक टोल एक नर्सरी, एक घर एक करेसाबारी, त्रिवेणी धाम, उद्यमशिलता, रोजगारी र उत्पादन वृद्धि, हुन्छ नगरपालिकाको समृद्धि, कर डर होईन, नगर विकासको भर हो, पुतलीबजार नगर उज्यालो शहर र स्वच्छ पुतलीबजार कार्यक्रमलाई प्राथमीकतामा राखिएको बताईन् ।

भर्खरै

सम्बन्धित खबर

Language »