सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पुनः बढ्यो पेट्रोलियम पदार्थको भाउ

नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल, ग्याँस तथा हवाई इन्धनको मुल्य बढाएको छ ।
सोमबार रातीदेखि लागू हुने गरी डिजेल, पेट्रोल, मट्टितेल तथा हवाई इन्धनको मुल्य २-२ रुपैयाँ बढाएको हो । अन्र्तराष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको कारणले आन्तरिक बजारमा मुल्य समायोजन गरेको निगमले जनाएको छ ।
नयाँ मूल्य अनुसार पेट्रोल प्रति लिटर १३०, डिजेल-मट्टितेल ११३ तथा हवाई इन्धनको आन्तरिकको मा ८६ रुपैयाँ पुगेको छ भने हवाई इन्धनमा बाह्यतर्फ प्रति किलोलिटरमा १६ अमेरिकी डलर बढेर ७७० पुगेको छ । त्यसैगरी खाना पकाउने एलपीजी ग्याँसको मुल्य प्रति सिलिण्डरमा २५ रुपैयाँ वृद्धि गरी १४५० पुगेको निगमले जनाएको छ ।
मुल्य समायोजन पश्चात निगमलाई पेट्रोलमा ८.४२ रुपैयाँ, डिजेलमा २.६४ रुपैयाँ र ग्याँसमा प्रति सिलिण्डर ४२० रुपैयाँ घाटामा रहेको निगमले जनाएको छ । विगत १५ दिनमा निगमले ९६ करोड ९ लाख घाटा रहेको पनि निगमले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »