सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पुरातत्व विभागले विज्ञ र अनुसन्धान टोली अयोध्यापुरी पठाउने

काठमाडौं /०५ साउन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् राम नेपालकै अयोध्यामा जन्मेको बताएपछि पुरातत्व विभागले अनुसन्धान शुरु गर्ने भएको छ । विभागले विभागकै पुरातत्व अधिकृतसहितको विशेष टोली माडी र ठोरी पठाउने भएको हो ।

प्रम ओलीले गएको असार २९ गते भानुजयन्तीको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा अयोध्या नेपालमै रहेको र भगवान् रामचन्द्र नेपालमै जन्मिएका हुन् भन्ने अभिव्यक्ति दिनुभएको थियो । प्रम ओलीले अभिव्यक्ति दिएपछि छिमेकी मुलुक भारतमा तरङ्ग उत्पन्न भएको थियो ।

प्रम ओलीको सो भनाइलगत्तै विभागले प्रमाण जुटाउन अनुसन्धान शुरु गरेको हो । सो क्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले अनुसन्धान गरी प्रमाण जुटाउन पुरातत्व विभागलाई निर्देशन दिएको छ । विभागमा महानिर्देशक दामोदर गौतमसहितको टोली मन्त्रालयमा पुगेपछि मन्त्रालयले प्रमाण संकलन गर्न निर्देशन दिएको हो । गौतमको टोली असार ३० गते मन्त्रालय पुगेको थियो ।

मन्त्रालका उच्च अधिकारीसँगको छलफलमा महानिर्देशक गौतमले प्रारम्भिक अनुसन्धान गर्ने जिम्मा विभागको भएको भन्दै तत्काल टोली माडी र ठोरी खटाउने भन्नुभएको थियो । स्रोतका अनुसार विभागको टोलीले एक दुई दिनभित्र वाल्मीकि आश्रम, लवकुश जन्मिएको र सीता भासिएको स्थान, अयोध्यापुरी र अश्वमेघ यज्ञ भएको स्थानलगायतको बारेमा अनुसान्धान गर्ने तयारी गरेको छ ।

कति वर्ष पुरानो वा कस्ता संरचना रहेका छन् भन्ने विषयमा प्रयोगशालामा परीक्षण गर्नुपर्ने भएकाले विदेशीको सहयोय आवश्यक गर्ने विभागको भनाइ छ । विभागले इतिहासको ठोस प्रमाण र तिथिमिति तय गर्ने प्रयोगशाला नेपालमा छैन ।

सरकारले अयोध्यापुरीमा केही आधार भेटिएपछि विदेशी अनुसन्धानकर्ताको सहयोग लिने तयारी गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »