सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पुराना बामपंथी नेता भट्टराईको निधन

नेपालगन्ज, पुराना कम्युनिस्ट नेता सत्यदेव भट्टराईको निधन भएको छ । बामपन्थी नेता लाल बहादुर खत्रीका अनुसार ८० बर्षका भट्टराईको शिक्षण अस्पताल कोहलपुरमा निधन भएको हो ।

बाँकेको खजुरा गाउँपालिका २ सितापुर के गाउँ निवासी भट्टराई स्वास्थ्यमा समस्या भएपछी गएराती कोहलपुर शिक्षण अस्पताल लगिएको थियो । कम्युनिस्ट नेता मनमोहन अधिकारी,पुस्पलालको निकट रहेर काम गर्नुभएका भट्टराई नेकपा माले र माक्र्सवादी एकीकरणपछि नेकपा एमालेको केन्द्रीय सदस्य हुनुभएको थियो । बाँकेको खजुरा मात्रै नभई,सिङ्गो बाँके, बर्दियामा कम्युनिस्ट पार्टी बिस्तारमा स्वर्गीय भट्टराईको महत्त्वपूर्ण योगदान रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »