सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पुरानै लयमा फर्कियाे वुहान शहर,अब कुनै पनि संक्रमित अस्पतालमा छैनन्

एजेन्सी । कोरोना भाइरस कोभिड १९ को उद्गमस्थल चीनको वुहान शहरमा कोरोना संक्रमित कुनै पनि बिरामी अब अस्पतालमा नरहेको जनाइएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मेइ फेंगले भनेका छन् कि वुहानमा कोरोना भाइरसबाट संक्रमित कुनै पनि बिरामी अब अस्पतालमा छैनन् । सबैलाई अस्पतालबाट डिस्चार्ज गरिसकिएको छ । ‘स्वास्थ्यकर्मीको कडा मेहनतका कारण वुहानमा भर्ना भएका सबै संक्रमित मानिसहरु राम्रोसँग बाहिर आएका छन्।’ मेइले भने ।

कोरोना भाइरसको पहिलो केन्द्रबिन्दु बनेको वुहान शहरका अस्पतालमा एउटा पनि कोरोनाका विरामी नरहेको चीनले आइतबार घोषणा गरेको छ।

वुहानको एक समुन्द्री खाना तथा मासु पसलबाट सुरु भएर कोरोना भाइरस चीन हुँदै संसारभर फैलिएको बताइन्छ। सुरुका कोरोना संक्रमित सोही मासुबजारसँग सम्बन्धित थिए। गत वर्षको डिसेम्बरमा पहिलोपटक कोभिड-१९ भनिने नोभल कोरोना भाइरस वुहानमा देखिएको थियो।

वुहानबाटै विश्वव्यापी महामारी फैलियो र अहिले संसारका सबैजसो देशमा यसा भाइरसको संक्रमणले सताइरहेको छ । तर उद्गमस्थल वुहानमा भने संक्रमित सबै जना निको भइसकेर अस्पतालबाट बाहिर निस्केको बताइएको छ ।

कोरोना संक्रमणको प्रकोप बढेपछि चीनको हुबेई प्रान्तअन्तरगतको यो शहर ७६ दिनसम्म पूर्ण रूपमा बन्द थियो । यहाँ कोरोना भाइरसको पहिलो केस गत वर्ष डिसेम्बरको मध्यतिर आएको र अन्तिमतिर पहिचान भएको बताइन्छ । अहिले याे शहर पुरानै लयमा फर्किसकेकाे दाबी गरिएकाे छ ।

आइतबारमात्र बेइजिङ सरकारले आफ्ना नागरिकहरूका लागि नयाँ नियमहरूको घोषणा गरेको छ। ती घोषणाहरू सार्वजनिक स्वास्थ्यलाई अझ राम्रो बनाउन र नागरिकहरूलाई ‘असभ्य’ व्यवहार गर्नबाट रोक्न लक्षित छ।

ती नियमहरूका अनुसार अब नागरिकहरूले खोक्दा, थुक्दा वा खकार्दा मुख छोप्नुपर्नेछ। यसैगरी नागरिकहरूलाई सफा पहिरन लगाउन पनि भनिएको छ। यसैगरी सार्वजनिक स्थलमा सर्ट खोल्न नपाइने नियम उसले लगाएको छ।

शुक्रवार पास भएका यी नियम उलल्घंन गर्नेलाई विशेष सजाय पनि तोकिएको छ। जस अनुसार जथाभावी फोहोर गर्ने, थुक्ने तथा सार्वजनिकरुपमा शौच गर्नेलाई २८ अमेरिकी डलरको जरिमाना सजाय हुनेछ। -बिबिसीकाे सहयाेगमा

भर्खरै

सम्बन्धित खबर

Language »