सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पुर्वमन्त्री ईस्वर दयाल मिश्रको सहयोग,राहुल पाण्डेयको अगुवाईमा क्वारेन्टाइनमा खाद्यान्न सामाग्री वितरण


अजय मिश्र
कृष्णनगर,कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नम्बर १ श्री देवी विद्या पिठ विद्यालय शिवानगर को क्वारेन्टाइनमा बसेका व्यक्तिलाई १४४ बिस्कुट, १०० पोका नमकीन,१०० पोका भुजा वितरण भएको समाजसेवी राहुल पाण्डेयले जानकारी गराउनु भएको छ ।


कोराना भाइरस विश्वमा महामारी को रुपमा फैलिएको कारणले नेपालमा पनि भेटाएको पुष्टी नेपाल सरकारले समेत गरि सकेको कारण ले यो महामारी बाट नेपाल भरीका जनतालाई जोगाउनको लागि नेपाल सरकारले लकडाउन गरेको छ ।

यो दुखद घडी हो र कोरोना भाइरस बाट आफू बचौ र अर्का लाई बचाउनका लागि नेपाल सरकारले दिएको निर्देशनको पालन गरौ हामी हर सम्भव नेपाली जनताको सुख दुख मा सदैव उभेका छौ र सके सम्म आजको यो दुखद समयमा सबै मिलेर कोरोना भाइरस विरूद्धको लडाईमा आ आफ्नो स्तर बाट हुन सक्ने सहयोग गर्नु पर्ने कुरा मन्त्री मिश्रले बताए ।


उक्त वितरण मन्त्री ईस्वर दयाल मिश्रको सहयोग र राहुल पाण्डेको अगुवाईमा आज शिवानगरको क्वारेन्टाइन मा वितरण गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »