सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पुर्वमन्त्री मोहम्मद ईश्तियाक राईद्धारा संसदीय विकास कोषको डेढ करोड रुपैयाँ भेरी अस्पताललाई दिने निर्णय

सिराज खान
नेपालगञ्ज, बाँके क्षेत्र नम्बर २ का सांसद तथा पुर्वमन्त्री मोहम्मद ईश्तियाक राईले स्थानीय विकास पुर्वाधार साझेदारी विकास कार्यक्रम अन्तर्गतका तीनवटा योजनाको रकम भेरी अस्पताललाई प्रदान गर्नु भएको छ ।


कोभिड १९ को महामारीका कारणले स्थानीय विकास पुर्वाधार साझेदारी विकास कार्यक्रम अन्तर्गत क्षेत्र नम्बर २ मा छनोट गरिएका तीन वटा योजनाको ठेक्का समेत हुननसकेकोले ती तीनवटै योजनाको डेढ करोड रुपैयाँलाई भेरी अस्पतालमा दिने निर्णय सांसद राईले गर्नु भएको छ ।
स्थानीय विकास पुर्वाधार साझेदारी विकास कार्यक्रम अन्तर्गत ठेक्का सम्झौता नभएका योजनाहरुको रकम असार १५ गतेदेखि फ्रीज गर्ने निर्णय सरकारले गरेको हुँदा सो रकम फ्रीज हुनुभन्दा पहिलेनै योजना संशोधन गरेर डेढ करोड रुपैयाँलाई कोभिड १९ विरुद्ध तयारीका लागि भेरी अस्पताललाई भेन्टिलेटर लगायतका उपकरण खरिद गर्न प्रदान गरिएको पुर्वमन्त्री तथा क्षेत्र नम्बर २ का सांसद राईले बताउनु भयो ।

This image has an empty alt attribute; its file name is mo1.jpg


क्षेत्र नम्बर २ का सांसद राईको संयोजकत्वमा आइतवार बसेको स्थानीय विकास पुर्वाधार साझेदारी विकास कार्यक्रम निर्देशक समितीको बैठकले नेपालगञ्ज उपमहानगर २१ विर्ता गाउँको कर्बला कब्रस्तान र मदरसाको भौतिक पुर्वाधार निर्माण योजना, डुडुवा ६ को बाल सुधार गृहको स्तरउन्नतीका साथै नेपाल प्रहरी अस्पताललाई एम्बुलेन्स खरिद योजना र डुडुवा ३ कै आस्ताना र मदरसा स्तरोन्नती योजनाको हालसम्म ठेक्का समेत हुननसकेकोले ती योजनालाई संशोधन गरेर तिनको रकमलाई भेरी अस्पताललाई दिने निर्णय गरेको हो ।

नेपालगञ्ज उपमहानगरपालिका मार्फत सञ्चालन हुने गरि भेन्टिलेटर लगायत अन्य उपकरण खरिदका लागि उपरोक्त तीनवटै योजनाको डेढ करोड रुपैयाँ भेरी अस्पताललाई प्रदान गर्ने निर्णय भएको सांसद राईले बताउनु भयो ।
कोभिड १९ का कारण गरिएको लकडाउनले गर्दा ती तीनवटै योजनाको ठेक्का नै नहुँदा रकम फ्रिज नहोस भन्ने उदेश्यले सो रकमलाई कोरोना विरुद्धको अभियानमा प्रदान गरिएको उहाँले बताउनु भयो ।
योजना संशोधनका लागि राखिएको सो बैठकमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तव, जिल्ला समन्वय अधिकारी लोक बहादुर सुनार र खरिदार थानेश्वर न्यौपानेको उपस्थिति रहेको थियो ।


उक्त डेढ करोड रुपैयाँबाट अतिआवश्यक उपकरण खरिद गरेर कोरोना विरुद्ध्को अभियानमा निकै ठुलो टेवा मिल्ने नेपालगञ्जवासीको भनाई छ ।


संसदीय विकास कोष अन्तर्गतको स्थानीय विकास पुर्वाधार साझेदारी विकास कार्यक्रमको हालसम्म ठेक्का नभएको सबै रकम असार १५ गतेबाट फ्रिज गरिने छ ।

भर्खरै

सम्बन्धित खबर

Language »