सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पुर्व मन्त्री शेर बहादुर तामाङ्गको पहलमा सिन्धुपाल्चोकमा ग्रामिणसडकको स्तर उन्नती हुँदै

काठमाडौँ । “ एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक“को अवधारणा अनुरुप यहि  चैत्र २१गते प्रधानमन्त्री केपि शर्मा ओलि बाट सिन्धुपाल्चोक को ग्रामिण सडकको  स्तर उन्नती को  शुरुवात गरीने भएको छ ।

छनौट भएका सडकहरुमा भदौरे – सिन्धु धुसिनि – कटुन्जे – मेलम्ची बजार – नवलपुर – चौतारा – नौबिसे  र  टुनिबोटे – मिल डाँडा – मांखा – चिम्लिङ – मानेस्वारा – भैरवकुण्ड सडक रहेका छन ।

नेकपा  एमाले केन्द्रीय सदस्य तथा  प्रतिनिधिसभा सदस्य पूर्व कानुन  मन्त्री शेर बहादुर तामाङको बिशेष पहलमा छनौट भएको उक्त्त  सडक निर्मामाण योजनामा  जिल्लाको दुवै  निर्वाचन क्षेत्र अन्तर्गतका १/१ वटा सडकको लागि  पहिलो चरण अन्तर्गत ४०÷४० करोड खर्च गरेर कालोपत्रे गर्दै  लैजाने योजना रहेको मन्त्री  तामाङका बताए ।

 आगामी आर्थिक वर्षमा शुरु हुनेगरी जिल्लामा अन्य  सडकहरु पनि कालोपत्रेका लागि  पहल भैरहेको  मन्त्री  तामाङले बताए  ।

भर्खरै

सम्बन्धित खबर

Language »