सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पुर्व शहरी बिकास मन्त्री मोहम्मद इश्तियाक राईको सहयोगमा बाँकेका क्रियाशील पत्रकार महिलाहरुलाई राहात वितरण


नेपालगन्ज, पूर्व शहरी बिकास शहरी विकास मन्त्री मोहम्मद इस्तीयाक राईको सहयोगमा क्रियाशील पत्रकार महिला (डब्लु डब्लु जे ) बाँकले विभिन्न जिल्लाबाट बाँकेमा आएर पत्रकारीता गरिरहेका भाडामा बस्ने पत्रकार महिलाहरुलाई दैनिक उपभोग्य खाद्य सामग्री र एन नाईन्टी फाईब माक्स वितरण गरेको छ ।


बाँके क्षेत्र नम्बर २ का सांसद तथा पूर्व शहरी विकास मन्त्री राईको सहयोगमा उक्त राहत वितरण गरिएको क्रियाशील पत्रकार महिला बाँकेका अध्यक्ष अमृता केसीले जानकारी दिनुभयो ।


बाँके जिल्लामा क्रियाशिल रुपमा काम गरीरहेका १० जना पत्रकार महिलाहरुलाई राहत स्वरुप चामल, दाल, नुन, तेल लगायतका खाद्य सामाग्री र एन नाइन्टि फाइभ माक्स वितरण गरीएको अध्यक्ष केसीले बताउनुभयो ।


उहाँका अनुसार, विहिबार मन्त्रि राईकै निवासबाट उक्त राहत सामाग्री पत्रकार महिलाहरुलाई हस्तान्तरण गरीएको हो ।
सो राहत सामाग्रीलाई पुर्व शहरी विकास मन्त्री राईका कान्छा भाई कामरान राई र क्रियाशील पत्रकार महिला बाँकेका अध्यक्ष केसीले संयुक्त रुपमा वितरण गर्नु भयो ।


कोभिड १९ का कारण लामो भएको लकडाउनका कारण रोजगारी गुमाएका, समयमा तलब नपाएका तथा समस्यामा परेका पत्रकार महिलालाई लक्षित गरी राहत सामाग्री वितरण गरीएको अध्यक्ष केसीले जानकारी दिनुभयो ।


“हामीले केहि समय अघि कोठाभाडा गरी बस्ने पत्रकार महिलाहरुको समस्याहरुका बारेमा बुझेका थियौं,” अध्यक्ष के सीले भन्नुभयो, “कोठा भाडा र खाद्यान्नको समस्या थाहा पाएपछि पूर्वमन्त्री राईलाइ फोन मार्फत सहयोगका लागी अनुरोध गर्दा उहाँले अत्यन्तै उत्सुकताका साथ हामीलाई सहयोग गरेपछि राहत वितरण गर्न सकिएको हो । ”
आफूहरुलाई परेको समस्याका बेला पाएको खाद्यान्न सामाग्रीले धेरै राहत पुग्ने राहत पाएका पत्रकार महिलाहरुको भनाई छ ।

आफूहरुको अप्ठ्यारो परिस्थीतीमा क्रियासील पत्रकार महिला बाँकेले समन्वयन गरी प्राप्त गरेको सहयोग प्रति डव्लुडव्लुजे बाँके र पूर्व सहरी विकास मन्त्री राईलाइ महिला पत्रकारहरुले धन्यवाद दिएका छन् ।
पुर्व शहरी बिकास मन्त्री राईले यसअघि लकडाउन शुरु भएदेखिनै बाँकेका सयौं विपन्न र गरिबहरुलाई राहात वितरण गर्दै आउनु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »